-->
चितवन राष्ट्रिय निकुञ्जद्वारा अपराधमा संलग्न २५५ जनालाई कारबाही
Advertisement

चितवन राष्ट्रिय निकुञ्जले गत छ वर्षमा वन्यजन्तु अपराधमा संलग्न २५५ जनालाई कारबाही गरेको छ । यसमध्ये सबैभन्दा बढी दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको निकुञ्जले जनाएको छ ।
बाइस वटा गैँडाको खाग बिक्री व्यवसायमा संलग्न व्यक्ति चितवन कोराकका ३१ वर्षीय राजकुमार प्रजालाई कानुनी दायरामा ल्याएको निकुञ्जले जानकारी दिएको हो । उनी नै अहिलेसम्मको सबैभन्दा ठूलो अपराधी रहेको देखिएको निकुञ्जले जनाएको छ।
त्यसपछि भने अपराधका घटना बन्द भएको र लगातार ७०० दिनभन्दा बढी निकुञ्जमा शून्य चोरी सिकार हुनु महत्वपूर्ण भएको उनीहरुको भनाई छ ।
प्रजाले आफूले २० वटा गैँडा मारेर खाग बेचेको, दुई वटा अरुले नै मारेको गैँडाको खाग बेचेको र पाँच वटा गैँडालाई मार्ने प्रयास गरी घाइते बनाएको यसअघि नै स्वीकार गरेका छन् । उनलाई इन्टरपोलको माध्यामबाट मलेसियामा पक्राउ गरी ल्याइएको थियो ।
अहिले लगातार दुई वर्षसम्म शून्य चोरी सिकार बनाउन सफल हुनु महत्वपूर्ण उपलब्धि भएको निकुञ्जको दावी छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.