भैरहवा, १२ जेठ । शसस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म भैरहवाले आज मंगलबार विहान भैरहवाबाट ४७ लाख ६६ हजार ५ सय ८० रुपैयां बराबरको सुन बरामद गरेको छ ।
शसस्त्रको सिभीलमा खटिएको विशेष टोलीले विशेष सुराकीको आधारमा ८५ दशमलब ७३ तोला अर्थात १ किलो सुन भैरहवास्थित सिनपा ३ आँखा अस्पताल क्षेत्रबाट दुई जना भारतीय युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको मोतीहारी बस्ने वर्ष २६ का सुजित कुमार र सोही ठाउँ बस्ने वर्ष २५ का हरि ओम कहांर रहेका छन् ।
पक्राउ परेका व्यक्ति र बरामद गरिएको सुनमा भन्सार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने शसस्त्र प्रहरीबल राजस्व एवं भन्सार गस्ती गुल्मका गुल्मपति डिएसपी शंकर खनालले जानकारी दिए ।
सुनको चोरी पैठारी भईरहेको गोप्य सुचनाको आधारमा काठमाडौंबाट भैरहवाको रात्री बसमा हिडेंका ती भारतीय युवालाई शसस्त्र प्रहरीले पिछागरी भैरहवाबाट सुनसहित पक्राउ गरेको शसस्त्र प्रहरी बलका निरीक्षक तुल्सीराम पाण्डेले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...