-->
प्रचण्डले बालुवाटार पुगेर अोलीलाइ सुनाए सरकार फेर्ने निर्णय
Advertisement

प्रचण्डले बालुवाटार पुगेर अोलीलाइ सुनाए सरकार फेर्ने निर्णय
लुम्बिनी टाइम्स | बुधबार, २२ बैशाख ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । सरकार गठनका लागि सार्वजनिक अाह्वान गरेसँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा अाेलीसँग छलफल गरेका छन्। एमाले अध्यक्ष समेत रहेका ओलीलाई उनले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने पार्टीको निर्णय सुनाएका थिए ।
भेट वार्तामा सत्तारुढ दुई प्रमुख दलका अध्यक्ष समेत रहेका उनीहरुबीच राष्ट्रिय सहमति निर्माण लगायत विषयमा पनि छलफल भएको बुझिएको छ । तर भेटवार्ताबारे औपचारिक जानकारी दिइएको छैन । बुधबार बिहान दुवै दलका आफ्ना आफ्ना स्थायी कमिटीको बैठकपछि ओली र दाहालबीच भेट भएको हो ।
पार्टी बैठकबाट नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय सार्वजनिक गरेपछि दाहाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन्। बालुवाटार स्रोतका अनुसार दाहाल र ओलीबीच एक्लाएक्लै कुराकानी भएको थियो।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.