-->
कागतीको मूल्य बढ्यो
Advertisement

काठमाडौं, वैशाख २८ – माग बढे पनि आयातका लागि भारतको मात्र भर पर्नु पर्ने बाध्यताले कागतीको मूल्य महंगिदै गएको छ । गर्मीको मौसममा कागतीको माग धेरै हुन्छ ।
शरीरलाई शितल दिनुका साथै कागतीले पानीले उर्जा समेत दिने भएकाले गर्मीमा यसको माग धेरै हुन्छ । तर स्वदेशमानै उत्पादन बढाउन नसक्दा हरेक वर्ष जस्तो कागती महंगिने गरेको छ ।
नेपालमा अनुकुल वातावरण भए पनि व्यवसायिक खेतीतर्फ किसानलाई आकर्षित गराउन नसक्दा कागतीको उत्पादन बढ्न नसकेको हो । काठमाडौंको बजारमा आज कागती किलोको एक सय ८० रुपैयाँ थोक मूल्य पुगेको छ ।
माग अनुसार भारतबाट आयात नभएकाले अझै महंगिने सम्भावना रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तै बजारमा आज धनियाँसहित अरु हरियो तरकारी पनि महंगिएको छ । खडेरीले उत्पादन नहुँदा तरकारीको भाउ बढेको हो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.