-->
प्रचण्डले ओलीलाई चैत २५ मा पठाएको पत्र यस्तो छ…
Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन गर्दा एमाओवादीसँग भएको आठबुँदे सम्झौता कार्यान्वयन नभएको, सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत काम गर्न नसकेकोलगायतको आरोप लगाउँदै एमाओवादी ओलीलाई अब पनि सहयोग गरिरहन नसकिने निश्कर्षमा पुगेको स्रोत बताउँछ ।
गत चैत २५ गते एमाओवादी अध्यक्ष प्रचण्डले वार्ताका अनुरोध गर्दै प्रधानमन्त्री ओलीलाई पत्र पठाएका थिए । प्रचण्डले ओलीलाई ‘कमरेड अध्यक्ष’ भनेर सम्बोधन गरिएको उक्त पत्रमा सरकार सञ्चालन एमम् समग्र राजनीतिक परिवर्तनको बारेमा दुई पार्टीका बीच छलफल आवश्यक भएको भन्दै बैठक बोलाउने आग्रह गरिएको थियो ।
प्रचण्डको हस्ताक्षर रहेको उक्र पत्रमा भनिएको छ, ‘ हामी दुई पार्टीबीचको सम्बन्ध, सरकार सञ्चालन एबम् सरकारको काम कारबाही, संविधानको कार्यान्वयन, पुर्ननिर्माण, शान्ति प्रक्रिया र राष्ट्रको समग्र परिवर्तनको बारेमा तत्काल दुई पार्टीको उच्च नेतृत्व तहमा औपचारिक रुपमा छलफल गर्न जरुरी भएको महसुश गरेकाले यथासिघ्र सो को लागि अनुरोध र सकारात्मक खबरको अपेक्षा गर्दछु ।’ सो पत्र एमाओवादी केन्द्रीय कार्यालयको बैठकबाट निर्णय गरेको पठाइएको थियो ।
तर, ओलीले पत्र पठाएको झण्डै एक महिना बित्दा पनि बैठक नबोलाई बसेपछि एमाओवादी चिढिन पुगेको स्रोत बताउँछ । एमाओवादी ओली सरकारलाई सहयोग नगरिरहने निश्कर्षमा पुगेको चर्चा चलेपछि मात्रै ओलीले मंगलबार साँझ बालुवाटारमा दुई दलको बैठक बोलाएको स्रोत बताउँछ । तर, ओली–प्रचण्ड सम्बन्ध चिसिइसकेपछि बसेको बैठकमा कुनै खास छलफल नभएको स्रोत बताउँछ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.