-->
आउँदैछ फोन उठाउन मिल्ने स्मार्ट ज्याकेट
Advertisement

जेठ १०
एजेन्सी: विश्व चर्चित सर्च इन्जिन गूगल र
लेभीजले स्मार्ट ज्याकेट ल्याउने भएका छन्। गत वर्षमात्रै घोषणा गरेको गुलले आफ्नो अपरेटिङ सिष्टममा लेभिजसँगै सहकार्य गरेर आउदो वर्षमा स्मार्ट ज्याकेट ल्याउने भएको हो।
अहिले उसले आफ्नो आइओमा लेभिजसँग मिलेर स्मार्ट ज्याकेट को प्रोजेक्टमा काम गरिरहेको छ। यो स्मार्ट ज्याकेटलाई एउटा फेब्रिकमा डेभलप गरिरहेको बताइएको छ।जसबाट कुनै पनि कपडामा इन्टरनेटलाई कनेक्ट गर्न सकिनेछ।
कम्पनीले उक्त स्मार्ट ज्याकेटलाई जेकार्ड भनेर नामाकरण गरेको छ जुन चाडै विश्व बजारमा उपलब्ध गराउने घोषणा गरेको छ। यो ज्याकेटको माध्यमबाट प्रयोगकर्ताले आएको फोन उठाउन मिल्ने, नेभिगेसन गर्न मिल्ने र आवश्यकता परेमा म्यूजिक समेत सुन्न तथा बन्द गर्न सक्ने छन्।
कसरी प्रयोग गर्ने?
यो स्मार्ट ज्याकेट विश्व बजारमा आइसकेपछि अरु सामान्य ज्याकेट जस्तै गरी लगाउन सकिनेछ। प्रयोगकर्ताले यसलाई लगाएर साइकलमा वा बस/कारमा बसेर ड्राइभिङ समेत गर्न सक्न्छन्।
यदि प्रयोगकर्ता यो स्मार्ट ज्याकेट लगाएर साइकल कुदाइरहेको छ वा आफ्नो नीजि कार/गाडी चलाइरहेको छ, त्यति नै बेला कसैको फोन आइहाल्यो भने उसले ज्याकेटमा स्वाइप गरेर फोनमा सजिलै कुराकानी गर्न सक्नेछन्।
यसका साथै आफूले नचाहेको फोन काट्न र मन परेको म्यूजिक सुन्न अनि नेभिगेसन समेत चलाउन सक्ने सुबिधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
स्मार्ट ज्याकेटलाई अरु कपडा जस्तै धुन सकिने
प्रयोगकर्ताले यो स्मार्ट ज्याकेटलाई अरु साधारण कपडा जस्तै धुन सकिने कम्पनीले दाबी गरेको छ। यसलाई कुनै विश्ष प्रकारको सुरक्षा र हेरचाह चाहिँदैन।
बिक्री आगामी वर्षदेखि हुने
गूगलले यो स्मार्ट ज्याकेटलाई आगामी वर्ष (सन् २०१७ )देखि विक्रिका लागि राख्ने बताएको छ।
यसको बेटा भर्सन चाडै नै सार्वजनिक गरिने भन्दै कम्पनीले यसको बजार मूल्य कति भनेर तोकेको छैन्। अन्नपूर्ण पोस्ट्बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.