सोमबार, २० वैशाख
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थालेका छन् । उनले आइतबार साँझ एमाले नेताहरुसहित भारतीय राजदुत रञ्जित रेसँग गोप्य छलफल गरेका छन् । प्रधानमन्त्री केपी ओलीले भारतीय राजदूत रणजित राय र केही उच्च अधिकारीलाई आमन्त्रित गरी राजधानीस्थित द्वारिकाज होटलमा आइतबार साँझ रात्रिभोज सहितको छलफल गरेका थिए ।
छलफलमा एमाले नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलको सहभागिता थियो । छलफलमा प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्ध, मित्रताको चर्चा गर्दै सरकार भारतसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका थिए । उनले मोदीलाई वौद्ध सम्मेलनमा सहभागिताका लागि पहल गरिदिन रे लार्य आग्रह गरेका थिए ।
राजदुत रे ले प्रयास गर्ने बताएका छन् । ‘अहिले नै म एकिन गर्न सक्दिन’ प्रधानमन्त्रीको आग्रहमा उनको जवाफ थियो, ‘तर म महामहिमलाई ल्याउन प्रयास गर्नेछु । ’ स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीका अवसरमा जेठ ८ गते लुम्बिनीमा हुने विश्व बौद्ध सम्मेलनमा सहभागी हुन आउने चाहना राखेका छन् । उनको त्यही चाहनाअनुरूप भ्रमणको सम्भावनाबारे छलफलका लागि प्रधानमन्त्री ओलीले राजदूत रायसँग छलफल गरेका हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...