एजेन्सी।
बलिउड अभीनेत्री सन्नी लियोनीले चलचित्रको लागि आफ्नो सम्झौतामा ‘नो किसिङ्ग क्लज’ राखेकी छिन्, यानिकी कि चलचित्रमा उनको कुनै चम्बन दृश्य हुनेछैन। तथापी, गत शुक्रबार आफ्नो ३५औँ जन्मदिन मनाएकी सन्नीले भनिन् कि उक्त क्लज उनका पति ‘डेनियल वेबर’को लागि लागू हुँदैन।
आफ्नो कुरालाई प्रमाणित गर्न उनले इन्स्टाग्राम मार्फत पतिका साथ बिताएको यस रोमाण्टिक पललाई सेयर गरिन् र लेखिन्- “कसले भन्यो कि क्यामेराको अगाडि मैले किस गर्दिनँ?”
‘जिस्म २’, ‘रागिनी एमएमएस २’, ‘एक पहेली लीला’, ‘कुछकुछ लोचा हे’ र ‘मस्तीजादे’ जस्ता चलचित्रहरूमा अभिनय गरिसकेकी सन्नीले हालै ‘ज्यासमीन डीसूजा’ द्वारा निर्देशित चलचित्र ‘वन नाइट स्ट्याण्ड’मा देखिइन्। उनको चलचित्र ‘मस्तीजादे’को प्रिमियर पनि छिट्टै नै डिजिटल मनोरञ्जन ‘हङ्गामा प्ले’मा हुने उनले जानकारी दिएकी छिन्।
यसै सन्दर्भमा सन्नी लियोनीले भनिन् कि यस चलचित्रले उनको लागि विशेष मान्यता राख्दछ। सन्नीले भनिन्- “चलचित्र ‘मस्तीजादे’ मेरो लागि एकदमै खास चलचित्र हो। म धेरै खुसि छु कि मेरा फ्यानहरूले चलचित्रको लागि एकदमै धेरै माया देखाएका छन्। छिट्टै नै हङ्गामा प्ले मा यसलाई जहाँपनि जहिलेपनि देख्न सकिनेछ। मेरो लागि यो जस्तो ठूलो जन्मदिनको उपहार अरू कुनै हुनेछैन।”
चलचित्र ‘मस्तीजादे’मा तूषार कपूर र दासलाई मूख्य भूमीकामा देख्न सकिनेछ। ‘मस्तीजादे’ एडल्ट कमेडी चलचित्र हो, जसमा सन्नी लियोनीको डबल भूमीका रहेको छ।-नेपाली हेडलाइन


0 comments
प्रतिक्रिया दिनुहोस्...