-->
अनुष्काको जन्मदिन विराटले दिए यस्तो उपहार !
Advertisement

बैशाख २१
अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको ब्रेकअप र सम्बन्ध सुधारका खबरले चर्चा चलि नै रहेको छ। विराटले अनुष्कासँगको सम्बन्धमा केहि समयलाई विराम लिएको बताउने गरेका छन् भने अनुष्काले त्यसको कुनै सम्भावना नरहेको बताउने गरेकी छन्।
उनीहरूले यस्तो बताइरहँदा हालैको एक घटनाक्रमले भनेउनीहरूको सम्बन्ध फेरी जोडिन थालेको हो की भन्ने देखाएको छ। अनुष्कासँग छुट्टिएपछि विराटले अनुष्कालाई इन्स्टाग्राम र ट्विटरमा अन्फलो गरेका थिए। तर, अनुष्काको जन्मदिनमा उनले फेरि अनुष्कालाई फ्लो गर्न सुरू गरेका छन्।
धेरैले यसलाई जन्मदिनमा विराटको अनुष्कालाई उपहारको रूपमा अर्थाएका छन्। ब्रेकअप पछि विराटसँगै अनुष्काले पनि विराटलाई अन्फलो गरेकी थिइन्। केहि दिन पहिले उनीहरूलाई सँगै डिनर गरिरहेको अवस्थामा देखिएको थियो।
यो पूरा घटनाक्रमले उनीहरू सम्बन्ध सुधारमा लागेको संकेत गरेको छ। सम्बन्ध सुधार प्रेमी जोडीका रूपमा हो या साथीका रूपमा मात्र हो भन्नेचाँहि हेर्न बाँकी नै छ।
- Setopat


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.