-->
साढे सात लाख रुपैयाँ ठगी गरेको अभियोगमा कराँते महासंघका महासचिव केदारबाबु सिवाकोटी पक्राउ
Advertisement

काठमाडौं, ३० वैशाख । साढे सात लाख रुपैयाँ ठगी गरेको अभियोगमा कराँते महासंघका महासचिव केदारबाबु सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । महासचिव सिवाकोटीले एक युवकलाई असई बनाइदिने भन्दै उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ।
बारा निजगढका युवा प्रकाश श्रेष्ठलाई राष्ट्रिय अनुसन्धान विभागको असई बनाइदिने भन्दै दुई वर्षअघि साढे सात लाख रुपैयाँ लिएको अभियोगमा सिवाकोटी समातिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाले सिवाकोटीलाई बुधबार काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ गरिएको डिसी नेपाललाई जानकारी दिएका छन् ।
सिवाकोटी पुरेन्द्रविक्रम लाखे अध्यक्ष रहेको नेपाल कराँत महासंघका बहालवाला महासचिव हुन् । उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए । उनका सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य जारी राखिएको प्रहरीले जनाएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.