-->
धुर्मुस-सुन्तलीको पुनर्निर्माण अभियानलाई ‘सिते बा’को सहयोग
Advertisement

२५ वैशाख, काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका सिते बा अर्थात मधुसुधन पाठकले गिरान्चौर एकीकृत वस्ती पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
रिजु पौडेलसँग वैवाहिक सम्बन्धमा गाँसिएको एक वर्ष पुरा भएको अवसरमा धुर्मुस-सुन्तली फाउण्डेशनलाई ५० हजार १ रुपैँया सहयोग गरेका हुन् ।गिरान्चौर एबीकृत वस्ती निर्माणमा आर्थिक सहयोग गर्ने पौडेल पहिलो कलाकार भएका छन् ।
अन्य कलाकारहरुबाट पनि सहयोगको प्रतिवद्धता आइरहेको धुर्मुस-सुन्तली फाउण्डेशनले जनाएको छ । गिरान्चौर वस्ती निर्माण कलाकारको साझा अभियान भएकाले सकेको सहयोग गरेको पौडेलले बताएका छन् ।
भूकम्पपीडितका लागि सानो सहयोग पनि महत्वपूर्ण हुने भएकाले सहयोगी हात अघि बढाएको उनको भनाइ छ । आर्थिक मात्र नभई श्रमदानका लागि समेत आफु र आफु आवद्ध रहेको जेष्ठ बचत तथा ऋण सहकारीसमेत तयार रहेको उनले बताए ।
अनलाइनखबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.