जेष्ठ १७
एउटी सुन्दर, जवान र पढेकी युवती जो विश्वविद्यालयको पढाइ बीचमै छोडिदिइन् । कारण उनलाई इस्लामिक स्टेटसँग लड्नु थियो । उनले एक अन्तर्वारतामा कसरी सजिलै आइएसका लडाकुलाई मार्न सकिन्छ भनेर खुलाएकी छिन् ।
ड्यानिस महिला जोएना पलानीले इस्लामिक लडाकुहरुसँग लड्न जादाँका केही घटना बताएकी छिन् । सन् २०१४ मा उनले डेनमार्क छोडेकी थिइन् । विश्वभरका मानिसहरुको मानवअधिकार सुरक्षाका निम्ति भन्दै उनीले कदम लिएकी थिइन् ।
‘आइएस आतंकवादीहरु त्यती कठोर मलाई लागेन । सिरियन सरकार दिएको तालिम लिएर गएका सैनिकलाई भने उनीहरुलाई मार्न निकै गाह्रो भएको देखिन्छ । आइएसका लडाकु मार्न एकदम सजिलो छ,’ उनी भन्छिन्, ‘आइएसका लडाकुहरु सजिलै आफ्नो ज्यान दिन तयार हुन्छन् । तर असादका सैनिकहरु कुटनैतिक रुपमा एकदम बलिया र उनीहरु स्पेशलिष्ट किलिङ मेसिनहरु हुन् ।’
पलानी सबैभन्दा पहिला सिरियाको रोजोभा गएकी थिइन् । त्यहाँ उनले ६ महिना बिताइन् । उनी त्यस्ता केही लडाकु युवती हुन् जो आफ्नो ठाउँ फर्केर इराक र सिरियाको कथा बताउनेमा पर्छिन् । उनी शरणार्थी क्याम्प रामादीमा जन्मेकी थिइन् । पछि कोपनहेगन बसाइँ सरेकी हुन् ।
सिरियामा लड्न गएको पहिलो पटक उनको स्वीडिस साथी मारेकी थिइन् । उनले पहिलो पटक स्नाइपरको घुवाँ महसुस गरिन् । उनको कपडा भरि उनको साथीको रगत लागेको थियो । उनलाई बालिकाहरुको बलात्कार र सेक्स बन्दीहरुको कथाहरुले अचम्म बनाएको थियो । उनी भन्छिन्,‘म लडाकु भएर पनि मलाई एक १० वर्षे बालिकाको बलात्कार पश्चात रगत बगेर मृत्यु भएको खबरले सधै झस्काइ रह्यो । म त्यस्तो खबर पढ्न नसक्ने भएकी थिए ।’
सिरियन डेमोक्रेटिक फोर्सेज संयन्त्र निर्माया भएपछि सन् २०१५ को अक्टोबर यता आइएस विरुद्ध उल्लेख्य प्रगति भएको उनको दाबी छ । पलानी मात्रै होइन आइएस विरुद्ध केही यस्ता व्यक्तित्वहरुले पनि उनीहरुको कथा बताएका छन् । अबु तहसिन नाम गरेका एक सैनिकले त आफूले १७० जना आइएसका लडाकु मारेको दाबी गरेका थिए ।
लडाईमा होमिएका धेरैले आफ्नो परिचय लुकाएर बस्छन् । उनीहरु बाहिर एक्सपोज हुन चाहदैनन् । तर केही यस्ता मानिसहरु पनि जसले विश्वलाई आफ्नो कुरा राख्नुपर्छ भन्ने विश्वास गर्छन् । यिनै मध्येकी हुन् पलानी र अबु ताहिन। नेपालीपत्र डटकमबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...