२४ वैशाख
बिचरा सिधासाधा गाउँलेलाई के थाहा सेक्स टोयको बारेमा । इन्डोनेसियाको सुलावेसी प्रान्तको बांगइ टापुस्थित समुद्रमा बस्ने माझिहरुले सेक्स टोयलाई देवदूत सम्झेर राखिरहेका थिए । एक माझीले गुडिया स्वरुपको सेक्सटोयलाई समुद्रमा तैरिएको अवस्थामा फेला पारेपछि गाउभरिका मानिसले देवदूत मानेका थिए ।
उक्त सेक्स टोय एकाएक यति धेरै चर्चित हुन थाल्यो कि त्यसलाई देवदूतको संज्ञा दिँदै तस्वीर समेत अनलाइनमा भाइरल बन्न थाल्यो । सेक्स टोयलाई देवदूत ठानेर फैलिरहेको हल्लाले कानूनी व्यवस्थामा खलल पुग्नसक्ने भन्दै पुलिसले उक्त मामिलाको जाँचबुझ सुरु गर्यो र हाल पुलिसले सेक्स टोयलाई पक्रेर राखेको छ ।
त्यो एउटा हावा भरेको सेक्स टोय थियो जसलाई गाउलेहरुले देवदूत सम्झेका थिए । हिजाब पहिरिएकी किशोरीको स्वरुपको उक्त सेक्स टोय मानिसहरुलाई भ्रममा पार्न काफी थियो ।उक्त सेक्स टोय गत मार्चको सूर्य ग्रहणको ठीक एक दिन पछि समुद्रमा तैरिरहेको अवस्थामा फेला परेको थियो । सूर्य ग्रहणपछि फेला परेको र मानिसकै आकृतिमा भएको हुनाले मानिसहरुले यसलाई देवदूत भन्न थालेका थिए ।
(अनलाइन साझा खबरबाट )


0 comments
प्रतिक्रिया दिनुहोस्...