कालीगण्डकी करिडोरको मालढुंगा देखि टाकुरी सम्मको १४ किमी सडक खण्डमा सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । गत असारमा नेपाली सेनाले जिम्मा लिएको सडक निर्धारीत समय भन्दा पहिले नै सम्पन्न गरेको छ ।
बुधबार प्रधानसेनापती राजेन्द्र क्षेत्री औपचारिक रुपमा सडकको उद्घाटन गरेपछि सार्वजनीक सवारी सवारी सञ्चालनमा आएका छन् । बाग्लुङको बलेवा बिमानस्थलमा आयोजित ‘सार्वजनिक यातायात सुभारम्भ’कार्यक्रमका अवसरमा क्षेत्रीले सेनाले जिम्मा दिएको काम समयमै सक्ने प्रमुख जिम्मेवारी पूरा गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपाली सेनालाइ आगामी दिनहरुमा पनि बिकास निमार्णका काम गर्ने अवसर दिएमा मितव्ययी तवरबाट तोकीएको समयमै सम्मपन्न गर्ने बताउनुभयो ।
अघिल्लो बर्ष असार १५ गते शिलान्यास भएर निर्माण थालेको एक बर्ष नपुग्दै सवारी चल्नसक्ने गरी सडक निर्माण भएको हो । यस अघि गुल्मीतर्फको ट्रयाक पनि सेनाले खोलिसकेको छ ।
पाल्पाको केही भागमा करिडोर आयोजनाले नै काम गरेको छ भने टाकुरी देखि गुल्मी सिमानाको पालुङखोला सम्मपनि सेनाले काम गर्ने गरी जिम्मा आइसकेको प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराइले जानकारी दिनुभयो । उहाका अनुसार आगामी बर्ष सम्ममा करिडोरको सबै भागमा सार्वजनिक सवारी साधन चल्न सक्ने बनाउने सेनाको तयारी छ ।
गैडाकोट देखि बागलुङ सम्म दुइ सय २५ र बागलुङ देखि कोरला १ सय ९० किमीकोरिडोर बनेपछि कुल चारसय ३५ किमी दुरीमा भारत र चीन जोड्ने नेपालको सबैभन्दा छोटो दुरीको उत्तर दक्षिण राजमार्ग बन्नेछ ।
अघिल्लो आर्थिक बर्ष सक्ने लक्षको करिडोरको बागलुङ, गुल्मी तथा पाल्पा खण्डमा कडा चट्टान परेपछि सेनाको जिम्मा लगाइएको थियो । करिडोर खुलेमा आसपासका १० लाख ३० हजार जनसंख्यामा बसाइ सराइ कम हुने, एक लाख ३३ हजार हेक्टर जमिनमा तरकारी तथा फलफूल लगाइ व्यवसायगर्न सकिने, बार्षिक ४ लाख ४८ हजार मेट्रिकटन खाद्यान्न उत्पादगर्न सकिने कालिगण्डकी करिडोर सरोकार समितिका प्रवक्ता टीकाराम ढकालले बताउनुभयो ।
कोरिडोरले धौलागिरी सहितपाल्पा र गुल्मीकाधार्मिक र ऐतिहासिक स्थानलाइ प्रवद्र्धनमा सहयोग पुग्नेछ । यो मार्गमा रिडी, रुद्रवेणी, सेतीवेणी, रानीघाट, राम्दी, मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, गुप्तेश्वर जस्ता धार्मिक स्थानपनि छन् जसको कारण धार्मीक पर्यटनका हिसावले समेत करिडोर महत्वपूर्ण रहने छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...