काठमाडौं, जेठ 5 । बौद्ध सम्मेलनमा नेपाल आउने चाहना व्यक्त गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन नपाएपछि डाँको छोडेर क्वाँ–क्वाँ रोएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बौद्ध सम्मेलनमा आउने प्रयास गरेका मोदीको प्रयास विफल भएपछि उनी आफ्ना समकक्षीसामु रोएका हुन् । ‘नेपाल गएर लुम्बिनी भ्रमण गर्ने मेरो ठूलो चाहना थियो, तर नेपालका खराब नेताहरुका कारण मेरो चाहना पूरा भएन’ रुँदै–रुँदै उनले भने, ‘नेपाललाई कसरी साइजमा ल्याउनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।’
स्रोतका अनुसार मोदीले एक महिनाअघि देखि नै बौद्ध सम्मेलनमा नेपाल आउन प्रयास गरेका थिए । नेपालका राजनैतिक दलका नेतृत्वबीच मोदीलाई नेपाल ल्याउने विषयमा सहमति नजुट्दा उनी नेपाल आउन नसकेको बताइएको छ ।
मोदीले बौद्ध सम्मेलनमा नेपाल आउन नपाए नाकाबन्दी गर्नेसम्मको चेतावनी दिएका थिए । मोदीको यो चेतावनीसँगै नेपालका राजनैतिक नेतृत्वले बरु नाकाबन्दी खेप्न तयार भएको भन्दै मोदीको धम्कीले नडराउने र नेपाल आउन नदिने अडान लिएका थिए ।
सार्क सम्मेलनमा नेपाल भ्रमणमा आउँदा लुम्बिनी भ्रमण गर्न नपाउँदा मोदीले मधेस आन्दोलनको जगमा टेकेर नाकाबन्दी गरेका थिए ।
मोदी नेपाल भ्रमणमा आउन नपाएकै विषयलाई लिएर क्वाँ–क्वाँ रोएपछि भारतमा समेत ठूलो हंगामा मच्चिएको छ ।
आफ्ना समकक्षीलाई उनले नेपाल भ्रमणमा जाने वातावरण मिलाउन समेत आग्रह गरेको बताइएको छ । तर उनलाई नेपाल आउन नदिने नेपाली नेताहरुको अडान भने कायमै छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...