-->
विदेशबाट आमालाई गुड नाइट भनेको छोराको २ घण्टापछि रहस्यमय मृत्यु
Advertisement

काठमाठौं–वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु रेहेको बारपाकको पारीपट्टी सिम्जुङ्ग गाविसमा घर भएको एवं बारपाकमै प्रा.वि. शिक्षकको रुपमा पेशारत बाबुको एक मात्र सपना थियो आफ्नो छोरा बीबीएस डाक्टर बनाउने ।
आफ्नो जीवनकालको कमाई, लगातार परिश्रम र बाबु बाजेको पैतृक सम्पत्ती बेचेर काठमाडौंमा ३ आना जग्गामा घर बनाई छोरा¬–छोरी राखेर पढाएका ति शिक्षकले छोरा–छोरीको पढाई फिस तिर्न गाउँमा निकै मेहनेत गरे ।
छोराको शैक्षिक क्षमता तेज भएकै कारण चर्को खर्च लागे पनि हार नखाई डाक्टर बनाउने सपना बोकी मबीबीएस पढ्न ५ बर्षमा ४० लाख तिर्न तयार भई २०१४ सालको शुरुमै बंगलादेशको Southern Medical College विश्वविद्यालयमा छोरालाई बीबीएस भर्ना गराई पढ्न पठाए ।
छोराको मासिक फि, होस्टेलमा बस्ने, खाने खर्च धान्न निकै गाह्रो भएकै कारण काठमाडौंमा पैतृक सम्पत्ती बेची किनेको ३ आनामा बनेको घर बेच्ने निधो गरि गाउँमै बसि शैक्षिक पेशा जारी नै राख्ने निधो गरे उनले । तर, वैशाख १२ को भूकम्पले त्यही गाउँको घर पनि ध्वस्त भयो । तर ति बाबु–आमाले हरेस खाएनन् किन भने उनीहरुको सपनालाई भूकम्पले पनि हल्लाउन सकेको थिएन ।
विधिको विडम्वना भूकम्प गएको ३ महिनामै अनयास आन्द्राको समस्याले थलिएका उनको उपचार गर्दा–गर्दै थप ठूलो धनरासीको ऋणमा पारेर ति बाबुले यो संसारबाट बिदा लिए । छोराले बिबिएस पढि राम्रोसँग आमालाई पाल्ने भनि दिएको ढाडसले ति आमालाई कहिलै एक्लो महसुस भएन् ।
भर्खर २० बर्षबाट २१ मा टेकेको कलिलो केटो पढाईमा निकै तेज, त्यस्तै खेलकुदमा पनि तेज, साथी–भाइसँग अति मिलनसार, विदेशी भूमिमा रहेर पनि सफल पढाई जारी राखेका, साथै विदेशी साथी र प्रोफेसरहरुको पनि प्रिय पात्र थिए । दिन–दिनै आमा र आफन्तसँग स्काइप र फोनमा भएका कुराकानी, उसले सुनाएका सफलताका कथाहरुले आमाले आफ्ना दुःख बिर्सेको आभाष हुन्थ्यो । ३ बर्षको बिबिएस पढाईमा लगभग २१ लाख रुपैयाँ बुझाई सकेकी ति आमाले छोरालाई डाक्टर बनाउन भनि आफ्नो दुःख सबै बिर्सेर चित्त बुझाएकी थिइन् ।
२०७३ वैशाख २८ गते राती घन्टौं ठट्टा र रमाईला कुरा गरेर १ हप्तापछि भ्याकेसनमा घर फर्कने वाचा गर्दै गुड नाइट भनेको छोराको लगत्तै २ घण्टापछि निधनको खबर सुन्दा ति आमालाई कति पिडा भयो होला ?
कुनै पनि रोग नभएको २१ बर्षको जवान, हट्टाकट्टा र पढाई–खेलकुदमा पनि अग्रस्थानमा रहेको छोराको अकस्मात निधनले ति आमा मात्र हैन भूकम्प पिडित पुरै गाउँ शोक–मग्न बनेको छ ।
विश्वविद्यालय नजिकैको होस्टलमै बस्ने, कहिलै साथी–भाइसँग पनि कुनै दुश्मनी थिएन । तर, अकस्मात निधनको खबरले धेरै खुलदुली पैदा गरेको छ । आमा यहि भन्दै बरबराउँछिन बेहोसमा । विदेशको भूमिमा जे पनि गर्न सक्छन, कहीं कतै सुनियोजित घटना त हैन ?
युनिभर्सिटीकै अस्पतालमा पोष्टमार्टम हुँदै गर्दा सही प्रतिवेदन आउला त ? भन्नेमा धेरैलाई शंका भएको छ र मृत घोषित भएको १० दिनसम्म के कारणले निधन भएको भन्ने सहि विवरण प्राप्त गर्ने सकिएको छैन । नेपाली राजदुतबाट पनि यस सम्वन्धमा सहयोग गर्ने र सत्यतथ्य पत्ता लगाउने आश्वासन आएकै छ । होस्टेलका साथीहरुसँग सम्पर्क गरि के भएको हो भन्ने सोधपुछ गर्दा एउटै खाले विवरण प्राप्त नभएकोले विदेशमा घटेको यो घटना संकास्पद देखिन्छ ।
छोराको शव काठमाडौं आउने पर्खाइमा छिन ति दुखित आमा । जसले आफ्नो सपनालाई पूरै निमोठ्नु परेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.