इक्वेडरमा ७.८ रेक्टर स्केलको भूकम्पमा परी पुरिएका एक वृद्धको १३ दिनपछि उद्धार गरिएको छ।
उद्धारमा खटिएको भेनेजुयलाको टोलीले ७२ वर्षीय म्यानुअल भ्यास्कुजलाई उद्धार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आधा भत्किएको भवनमा अलिअलि आवाज सुनिएपछि टोलीले शुक्रबार उनको उद्धार गरेको थियो।
अप्रिल १६ मा गएको ७.८ म्याग्नेच्युडको भूकम्पले इक्वेडरमा करिब सात सय मानिसको ज्यान गएको थियो।
शेयर गर्नुहोस


0 comments
प्रतिक्रिया दिनुहोस्...