-->
फुटेका माओवादी पार्टीहरु आजबाट एक हुदैं
Advertisement

जेठ ६
विभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुबीच आज औपचारिक रुपमा एकताको घोषणा हुँदै छ ।
राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा एकता अधिवेशनको आयोजना गरी एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको पुनर्गठित नेकपा क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी विद्रोही समूहलयातकासँग पार्टी एकता हुन लागको हो ।
विहान ११ बजे एकता प्रक्रियामा पार्टीका केन्द्रीय नेताको संयुक्त अधिबेशन गरेर अपराहृन ३ बजे एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ । पार्टी एकतापछि पार्टी बहुपदमा जाने पार्टीका नेताहरुबीचमा सहमति बनेको छ । तर पद संख्या र जिम्मेवारी भने टुंगो लागिसकेको छैन ।
केन्द्रीय अधिवेशन आयोजक समिति ५ सय ९९ सदस्यीय बनाउने भन्नेमा भने नेताहरुबीच मोटामोटी सहमति भएको छ । अहिले रहेको पदमा खाली नै राखेर ५ सय ९९ सदस्यीय जम्बो केन्द्रीय समिति घोषणा गर्ने र पछि एकतामा आउनेहरुलाई थप गर्दै जाने सहमति भएको जनाइएको छ ।एमाओवादी र नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्यहरु रहने गरी पोलिटव्युरो सदस्य बनाउने भएका छन् ।
पोलिटव्युरोमा जयपुरी घर्ती, तिलक परियार, वसन्त घर्तीलगायतका नेतारु पनि रहेन छन् । पार्टी एकता पछि पार्टीको नाम के रहने भन्नेमा नेताहरु अझै टुंगामा पुगेका छैनन् । मंगलबारको बैठकमा तीन नामका विषयमा छलफल भएको थियो । विकल्पमा माओवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत नेकपा माओवादी मध्ये कुन राख्ने भन्नेबारे छलफल छ ।
माओवादी केन्द्रीय समिति ६९९ सदस्यीय
संविधानसभाबाट घोषित संविधान अपूर्ण रहेको ठहर गर्दै जम्बो केन्द्रीय समिति बनाएर विभाजित माओवादी घटकहरूको बिहीबार काठमाडौंमा पार्टी एकता घोषणासभा हुने भएको छ । पार्टी एकतापछि केन्द्रीय समिति ६ सय ९९ सदस्यीय बनाउने टुंगो पार्टी एकता संयोजन समितिले लगाएको छ ।
संयोजन समितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, क्रान्तिकारी माओवादीका अध्यक्ष रामबहादुर थापा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा, नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका वसन्त घर्ती र जयपुरी घर्ती छन् । एकता प्रक्रियामा आउनेहरूका लागि एक सय सिट रिक्त राखेर ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउन लागिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यो सम्भवतः कुनै पनि पार्टीका लागि संसारकै सबैभन्दा ठूलो केन्द्रीय समिति हुनेछ ।
सचिवालयका अनुसार हाल एमाओवादीको केन्द्रीय समितिमा एक सय २३ जना छन् । अन्य पार्टीबाट कनिष्टहरू केन्द्रीय सदस्य बनेर आउने भएपछि एमाओवादीले एक सय २३ जनाको केन्द्रीय समितिलाई बढाएर जम्बो बनाएको हो । सात प्रदेशबाट २५ जनाका दरले केन्द्रीय समितिमा बढुवा गर्दा एक सय ७५ जना थपिनेछन् । एमाओवादीका जिल्ला अध्यक्ष र जिल्लाका वरिष्ठ पदाधिकारी तथा केन्द्रीय परिषद्का सदस्य आयोजक समितिमा रहनेछन् । पहिले नै केन्द्रीय सदस्य भइसकेका ८० जनालाई केन्द्रीय समितिमा ल्याउने निर्णय एमाओवादीले गरेको छ ।- न्यूज24नेपाल डट कमबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.