-->
पाकिस्तानी पूर्वप्रधानमन्त्रीका छोरा तीन वर्षपछि अपहरणमुक्त
Advertisement

२८ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अली हैदरको अपहरणमा परेको तीन वर्षपछि सकुशल उद्दार भएको छ ।
अफगानिस्तानमा अफगान र अमेरिकी सुरक्षाकर्मीले एक विशेष अपरेशनबाट उनको उद्दार गरेका हुन् । मेडिकल जाँचपछि उनलाई पाकिस्तान पठाइनेछ ।
तीन वर्ष अघि पाकिस्तान पिपुल्स पार्टीको चुनाव प्रचारका क्रममा उनी मुल्तानमा अपहरणमा परेका थिए । उनलाई तालिबानले अपहरण गरेको मानिएको थियो ।
पीपीपीका प्रमुख बिलावल भुट्टोले गिलानीलाई एक सफल अपरेशनबाट उद्दार गरिएको जानकारी दिएका छन् । पाकिस्तानी विदेश मन्त्रालयले यो खबर अफगान रक्षा अधिकारीबाट पाएको भन्दै यसको पुष्टि गरेको छ ।
अनलाइनखबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.