जेष्ठ १, २०७३- चीनका प्रेस, प्रकाशन, रेडियो, फिल्म र टेलिभिजन प्रशासन मन्त्री काई फुचाओ बुद्धजन्मस्थल लुम्बिनी अबलोकन गरे ।
लुम्बिनीस्थित मायादेबी मन्दिरमा पुजाआजा गरे । लुम्बिनी स्थित चीनको जोङहुवा बौद्ध मोनाष्ट्रीद्वारा मायादेबी मन्दिर परिसरमा आयोजित २६४० औं बुद्धजयन्ती कार्यक्रममा सहभागी भए । त्यहा उनले बेबी बुद्धको मुर्तिलाई नुहाइदिएर धार्मिकविधि पुजाआजा गरे । मे १४ तारिकका दिन चीन भर बुद्ध जयन्ती मनाईदैछ । २ घण्टा बढी बिताएका उनले मायादेवी मन्दिर परिक्रमा गरे । मन्दिर छेउ रहेका पुष्करणी पोखरीबाट बोतलमा एक लिटर पानी बोतलम निकाले ।
४ मिनेट बढी आफ्नो मोबाइलबाट मन्दिर र पोखरीको भिडियो खिचे । एंगल एंगलबाट आफुले तस्बिर खिचाए । कतिपय ठाउँबाट आफु पनि मन्दिर र पोखरीको तस्बिर खिचे । मन्त्रीले बुद्धस्थल तिलौराकोटको पनि अवलोकन गरेका थिए । ६ सदस्यीय टोलीको नेतृत्व गर्दै आएका उनी विहान ९ देखि ११ बजे सम्म मायादेवी मन्दिरमा बसेका थिए ।
-ekantipur बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...