त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ टिआइएमा सुविधासहितको नयाँ टर्मिनल सेवा सन्चालनमा आएको छ । यात्रुहरुका लागि लामो समय लाग्ने र झन्झटिलो बनेको गुनासो बढदै जाँदा अत्याधुनिक सेवा सुविधासहितको भवन सन्चालनपछि सहज हुनेमा सम्बन्धित निकायको विश्वास छ ।
विमानस्थलको आन्तरिक तर्फका पुरानो टर्मिनल भवनमा आन्तरिक उडानका लागि यात्रुहरुको चाप बढेसँगै भीडभाड बढेको थियो । साँघुरो क्षेत्रफलमा सेवा सञ्चालन गरिएकोले सुरक्षाजाँचमा समय लाग्ने र पर्यटकहरुले धेरै समय खर्चिनुपर्ने जस्ता समस्या भोग्ने गरेका थिए । तर अब नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि त्यस्तो कुनै समस्याहरु झेल्नुनपर्ने भएको छ ।
२ हजार २ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको नयाँ टर्मिनलभित्र काठमाण्डौ आउने र जाने यात्रुहरुका लागि प्रस्थान, आगमन र कार्गाेसहितका सुविधायुतm कक्षहरु रहेको डोमिस्टिक टर्मिनल विभागका प्रमुख उत्सव खरेलले जानाकारी दिनुभयो । उँहाले नयाँ भवनमा सबै वायुसेवा कम्पनीका काउन्टर, एटिएम
काउन्टर, ब्यागेज कक्ष, टेलिफोन बुथ, वेटिङ रुम तथा बाथरुमको सुविधासहित सुरक्षाजाँचको समेत व्यवस्था रहेको बताउनुभयो ।
नागरिक उडडयन प्राधिकरणको आन्तरिक स्रोतको लगानीमा सन २०१२ बाट सुरु गरिएको नँया भवनको निर्माण गर्न करिब १२ करोड रुपैयाँ खर्च भएको खरेलले जानाकारी दिनुभयो । बाइट.. उत्सव खरेल, प्रमुख डोमिस्टिक टर्मिनल विभाग
डोमिस्टिक टर्मिनल सेवा नयाँ भवनबाट शुरु भएपछि धनगढी, लुम्बिनी, झापा लगायतका यात्रुहरुलाई थप सहज सुविधा पुग्ने विश्वास गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...