-->
आइएससँग लड्न नेपाली सेना अफ्रिकी मुलुक लिबियामा खटिने
Advertisement

काठमाडौं, ४ जेठ । संयुक्त राष्ट्र संघको अनुरोधपछि नेपाली सेनाले अफ्रिकी मुलुक लिवियामा शान्ति सैनिक पठाउने भएको छ ।
लिबिया खतरनाक आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस)को दबदबा भएको क्षेत्र हो । इटालीले आफ्नो सेना पठाउन नमानेपछि राष्ट्रसंघले आईएसको आक्रमणबाट लिबियाका सरकारी कार्यालय रक्षार्थ नेपाली सेना खटाउने प्रक्रिया अगाडि बढाएको हो ।
राष्ट्रसंघले नेपाल सरकारलाई शान्ति स्थापनार्थ एक टोली खटाइदिन अनुरोध गरेपछि पहिलो चरणमा २ सय २० जना सेनाको टोली खटाउने तयारी भइरहेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, ‘राष्ट्र संघले अनुरोध गरेपछि त्यहाँ पठाउने फौज र बस्दोबस्तीका सामान तयार भए पनि राष्ट्र संघले तैनाथ गर्ने मिति र समयमा बारेमा चिठी भने पठाएको छैन् ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.