फिल्म ’बुद्ध बर्न इन नेपाल’को प्रदर्शन अगावै नायक रमित ढुंगानाले अर्को ऐतिहासिक फिल्म बनाउने घोषणा गरेका छन् ।
पृथ्वीनारायण शाहको विषयमा चासो राख्नेहरुका लागि एउटा खुसीको खबर बाहिर आएको छ । अब उनैमाथी चलचित्र बन्ने भएको छ । उक्त विषयमा चलचित्र निर्माण गर्ने घोषणा नायक रमित ढुंगानाले गरेका छन् । पृथ्वीनारायण शाहमाथि बन्ने फिल्मको स्क्रिप्टमा व्यस्त रहेको रमित बताउँछन् ।
पृथ्वीनारायण शाहको विषयमा केही वर्षदेखि अध्ययन गर्दै आएको बताउने रमितले मुलुक एकिकरणमा शाहको योगदान भएकाले चलचित्र बनाउने निर्णय गरेको दाबी गरे ।
‘बुर्द्ध बर्न इन नेपाल’ नाम राखेर चलचित्र बनाएका रमित अहिले मख्ख छन् । उनले निर्माण तथा अभिनय गरेको यो चलचित्र जेठ ७ गतेबाट देशभर चल्दैछ । ‘बुद्ध बर्न इन नेपाल’ले गौतम बुद्धलाई विश्वमा चिनाउन सहयोग पुर्याउनेमा उनी विश्वस्त छन् ।
केहि दिनपछि हुने बौद्ध सम्मेलनमा चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका रमित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि चलचित्र देखाउने तयारीमा छन् । उक्त चलचित्रमा मोदीले बुद्ध भारतमा जन्मेका हुन् भनेका छन् ।- DCnepal बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...