-->
काठमाण्डु उपत्यकाबासीका लागि नयाँ खुसीको खबर !
Advertisement

काठमाण्डु, ३ जेठ– काठमाण्डु उपत्यकाबासीका लागि अब नयाँ र खुसीको खबर प्राप्त भएको छ ।
उपत्यका र उपत्यका बाहिरका मानिसहरु समेत केवलकार चढ्न मनकामना धाइरहनुपर्ने अवस्थाको अन्त हुँदै थानकोट–चन्द्रागिरी केवलकार सञ्चालनमा आउने भएपछि उपत्यकाबासीलाई थप उत्साह बढेको हो ।
काठमाण्डु फनपार्क प्रालिको निर्माणमा सञ्चालन हुन लागेको केवलकारहरुले अब थानकोट–चन्द्रागिरीको उकालो–ओरालो गर्नेछन् र त्यसमा काठमाण्डु उपत्यका र देश विदेशका यात्रीहरुले सुन्दर उपत्यकालाई नियाल्दै चन्द्रागिरीमा रमाइलो गर्नेछन् ।
अबको एक महिनाभित्र उक्त केवलकार सञ्चालनमा आउन सक्ने फन पार्क प्रालिले समाचार बाहिर ल्याएको छ ।
थानकोटको गोदामचौरबाट साँढे २ किलोमिटरको केवलकार यात्रा गरेपछि पुगिने चन्द्रागिरी डाँडामा अहिले इच्छापुरेश्वर महादेवको मन्दिर निर्माण भैरहेको छ ।
जुन मन्दिरमा पुगेर यात्रीहरुले आफ्नो इच्छाको वरदान माग्न सक्नेछन् र सुन्दर उपत्यका र हिमाली श्रृंखला समेत नियाल्न सक्नेछन् । चन्द्रागिरी डाँडामा पुगेपछि पर्यटकहरुले भ्यू टावरमा समेत चढेर चारैतिर नियाल्न सक्ने बताइएको छ ।
खान, बस्न र घुम्नका लागि समेत त्यहाँ रेष्टुरेन्टदेखि सामान्य होटल र लजहरु समेत निर्माण भइरहेका छन् । यसले काठमाण्डु उपत्यकाभित्रको एउटा नयाँ पर्यटकीय गन्तव्यस्थलको बाटो समेत खोलिदिएको सरोकारवालाहरुको भनाई रहेको छ ।Kathmandutoday


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.