-->
सामूहिक बलात्कारपछि दाङमा युवतीको यौनाङ्ग काटियो
Advertisement

वैशाख ३०
दाङ – तुलसीपुरको कटहामा सामूहिक बलात्कारमा परेकी बालिकाका आफनतले दोषीलाई हदैसम्मको कारबाको माग गरेका छन् । विहीवार दाङमा पत्रकार सम्मेलनको आयोजना गरी पिडित परिवारले सामूहिक बलात्कार गर्ने दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न माग गरेका हुन् ।
किटानी जाहेरीमा प्रहरी नियन्त्रणमा परेका तुनपा–१३ ठुली बस्ने खुमवहादुर वलीविरुद्ध प्रहरीले हालसम्म पनि मुद्दा अगाडि नबढाएको आपत्ति व्यक्ति गरे । उनीहरुले बलात्कार जस्तो जघन्य केशलार्इ ईलाका प्रहरी कार्यालय तुलसीपुरले सामान्यकरण गरेको आरोप लगाउँदै उचित न्याय दिलाइदिन सम्पूर्ण राजनैतिक दल, मानवअधिकारवादी, नागरिक समाज र पत्रकारसँग अपिल गरे ।
पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तीमा गत वैशाख १५ गते अपरान्ह १० बजेतिर तुलसीपुर नगरपालिका वडा न–१३ निवासी खुमवहादुर वलीसहित केहि व्यक्तिले युवतीको सामूहिक बलात्कार गरेका थिए ।
सामूहिक बलात्कारपछि धारिलो हतियारले गुप्ताङ काटेर युवतीलाई मरन्ने अवस्थामा छाडेका थिए । पछि युवतीलाई गाँउलेहरुले फेला पारेर राप्तीअञ्चल अस्पतालमा उपचारमा लगेको विज्ञप्तीमा उल्लेख छ ।
धारिलो हतियारले गुप्ताङग काट्दा ९ स्थानमा टाँका लगाएको अवस्था रहेको बाइएको छ ।- रातोपाटी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.