विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनीमा हुने झिल्ली च्यातिन सक्छ । तर, नेपालका केही समुदायमा अझै विवाहपछि हुने पहिलो सहवासमा ओछ्यानमा रगतको टाटो हुनुपर्ने मान्यता विद्यमान छ । कतिपयले त्यो झिल्लीको दुरुस्तीसँग महिलाको चरित्र दाँज्ने भएकाले विवाह गर्ने समय नजिकिँदा कुमारीत्व पुनप्र्राप्ति (भर्जिनिटी रिपेयर)का लागि शहरीया केटीहरू कस्मेटिक सर्जरी सेन्टर धाउने गरेका छन् ।
विवाहपूर्व आफूले सहवास गरेको कुरा हुनेवाला श्रीमान्ले थाहा नपाऊन् भनेर ‘भर्जिनिटी रिपेयर’ गर्न चाहने बढ्दैछन् । सर्जरीको माध्यामबाट ‘कुमारीत्व’को पुनप्र्राप्ति हुने विषयका पक्ष–विपक्षमा विश्वमै विविध धारणा छन् । तर, मेडिकल दृष्टिकोणले भने ‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्र्राप्त हुन्छ । एकचोटि यौनसम्पर्क राख्दा वा अन्य कुनै तरिकाले योनीमा रहेको उक्त पातलो झिल्ली च्यातिन्छ । च्यातिएको उक्त झिल्ली योनीको भित्री भागमा रिङको आकारमा बसेको हुन्छ र सर्जरीमार्फत पहिलेकै अवस्थामा ल्याएर सिलाएर राखिने गरन्छ ।
पहिलो सहवासमा रगत आउने भनेको सोही झिल्ली च्यातिएर हो । सो झिल्ली च्यातिएर योनीको भित्री भागमा रिङ जस्तो बनेर बस्छ । यसलाई सिलाएर पुरानै अवस्थामा ल्याउन सकिन्छ । योनीमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टी जस्ता कन्सट्रक्टिभ सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनी टाइट पार्ने) र ल्याबिया रिडक्सन (योनी सानो पार्ने) प्रक्रिया पनि नेपालमा भइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनी टाइट पार्ने प्रक्रियामा योनीद्वार सानो पारिने गरिन्छ भने ल्याबिया रिडक्सनमा योनी वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।
प्राकृतिक रूपमै दुईभन्दा बढी बच्चा जन्मिएपछि महिलाको योनीद्वार वा योनी ठूलो बन्छ । उमेर ४० वर्षमाथिका महिलाका लागि यो उपयुक्त हुन्छ । सन्तानका आमा भइसकेका पाका महिलाको बच्चा जन्माउँदा योनी वरिपरिको मांसपेशी तन्किएर योनीको बाहिरी छालाको पत्र झोल्लिन सक्छ । जसले गर्दा टाइट कपडा लगाउँदा योनीको सेप देखिन्छ । उक्त अनावश्यक छालाको पत्रलाई फालेर सामान्य अवस्थामा ल्याउने प्रक्रिया अर्थात् ‘लिबिया रिडक्सन’ गर्ने महिलाको संख्या सबैभन्दा धेरै छ । योनी टाइट पार्ने र सानो पार्ने सर्जरीका लागि श्रीमान् साथमै लिएर आउने महिला धेरै छन् । सहमतिमै यो सर्जरी गराएको हामीले पाएका छौँ ।
पछिल्लो समयमा ‘भेजाइनल रिपेयर’को बारेमा जानकारी लिन आउनेहरू बढेका छन् । भेजाइनल रिपेयरको अपरेसन गर्दा पाठेघर खस्ने समस्या तथा पिसाब चुहिने समस्याको पनि सँगसँगै उपचार हुन्छ ।
भेजाइनल डेलिभरी हुँदा योनी र योनी वरिपरिको मांसपेशी लुज हुन्छ । जसले गर्दा योनी खुकुलो हुन्छ । यस्तो बेलामा आराम गर्न नपाउने तथा गह्रुँगो भारी बोक्नुपर्ने महिलाहरूको पाठेघर खस्ने सम्भावना अधिक हुन्छ । बेलैमा ‘भेजाइनल रिपेयर’ अपरेसन गर्न सक्ने हो भने पाठेघर खस्ने समस्याबाट महिलालाई जोगाउन सकिन्छ । त्यसैले यो अपरेसन योनी टाइट पार्ने उद्देश्यसँगमात्र सम्बन्धित छैन ।
‘भेजाइनल रिपेयर’का लागि गरिने अपरेसन त्यति ठूलो होइन । यो अपरेसनका लागि बेहोस बनाउनु नपर्ने र अपरेसन गर्ने ठाउँमा नदुख्ने सुई लगाएर ४५ मिनेटदेखि एक घण्टाको बीचमा ‘भेजाइनल रिपेयर’को अपरेसन सम्पन्न गर्न सकिने हुन्छ । मेडिकल भाषामा यसलाई ‘पोस्टेरियर भेजाइनल वाल टाइटनिङ’ भनिन्छ


0 comments
प्रतिक्रिया दिनुहोस्...