मकवानपुर, १६ जेठ - मकवानपुर प्रहरीले घरघरमा घुसेर अवैध लागूपदार्थ गाँजा खोज्न थालेको छ । जिल्लाका गाँजा प्रभावित गाविसमा प्रहरीले गाँजा खोज्न घरखानतलासीको अभियान सञ्चालन गरेको छ ।
खानतलासीका क्रममा भेटिएको गाँजा बरामद गरी गाँजाधनीलाई पक्राउ गर्ने अभियान सञ्चालन गरिएको मकवानपुरकी एसपी मीरा चौधरीले बताइन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
गाँजाको व्याड राख्ने समय हुन थालेकाले व्याड नराख्न सर्वसाधारणको घरमा पुगेर सचेत गराइएको उनले बताइन् । गाँजा रोप्दा, बेच्दा र ओसार पसार गर्दा हुने कानुनी कारबाहीबारे जfनकारी गराएको उनको भनाइ छ ।
यो समाचारसंग सम्बन्धीत भिडियो हेर्न तलको क्लिक बक्समा गर्नुहोला


0 comments
प्रतिक्रिया दिनुहोस्...