-->
परम्परागत ढक तराजुलाई डिजिटल तराजुले विस्थापित गर्दै
Advertisement

विज्ञान र आधुनिकताले धेरै पुराना चलनहरु पुरिदै गएका छन् । यस्तै अवस्था परम्परागत ढक तराजुमा पनि देखिएको छ । बजारमा करिव ८० प्रतिशत व्यवसायीहरुले डिजिटल तराजु प्रयोग गरिरहेका छन् । यसरी विद्युतीय तथा डिजिटल तराजुको प्रयोगले पम्परागत ढक तराजु लोप हुदै गएको छ । विद्युतीय एवं डिजिटल तराजुले दैनिक कामकाजमा ल्याएको सहजताका कारण पछिल्लो समय परम्परागत ढक तराजु विस्थापित बन्दै गएको छ ।
डिजिटल तराजु प्रयोग गरी सञ्चालन गरेको पसल छिटो र छरितो हुने गरेको कारण पनि यस्को प्रयोगमा व्यापकता आएको हो । परम्परागतको तुलनामा डिजिटल तराजुबाट नापतौल गर्न सजिलो र छिटो हुन्छ । नापतौल भइरहदा उपभोक्ताले प्रष्ट अंक देख्ने भएकाले ठगी हुने सम्भावना नहुने भएकोले यसको प्रयोग बढी भएको व्यवसायीहरुको भनाई छ ।
पम्परगत ढक तराजुबाट नापतौल गर्ने क्रममा मापदण्ड भन्दा बढी या कम देखिनु यस्को अवगुणको रुपमा लिइएको छ । प्रत्येक वर्ष ढक तराजुको फलाम खिइँदै जाने भएकोले पनि डिजिटल तराजु प्रयोग बढी भएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीको भनाई छ ।
पछिल्लो समयमा डिजिटल तथा विद्युतीय ढक तराजु प्रयोगका कारण नापतौलको विषयमा उजुरी नआएको आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । बजारमा किनबेच हुने विभिन्न बस्तु तथा उपभोग्य सामानहरुको सही नाप नगरीदा उपभोक्ताहरु ठगिने कारण विद्युतीय तराजु प्रयोग बढी हुने आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताउनु हुन्छ ।
यद्धपि घरघरमा तरकारी फलफुल लगायतका वस्तुहरु विक्रि गर्दै हिड्ने डुलुवा व्यापारीहरुले भने अझै पनि परम्परागत ढक तराजुको नै प्रयोग गर्दै आएका छन् । गाउँघरमा अझै पनि तौलको मापन परम्परागत ढक तराजुबाट नै गरिदै आएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.