-->
विहेकै दिन परीक्षा दिन पुगिन दुलही, तीन घण्टासम्म बेहुला बाहिर पर्खिए
Advertisement

वैशाख १९
एजेन्सी । भारतको राजस्थानमा एउटा अचम्मको घटना भएको छ ।
यहाँको सीकर भन्ने ठाउँमा सुनीता नामकी दुलहीले विहे जन्तीसहित परीक्षा दिन पुगेकी छिन् । परीक्षा हलमा उनलाई देख्दा सबैको नजर उनीमाथि पर्यो । उनी यहाँ ग्रेजुएशन फाइनल ईयरको परीक्षा दिनका लागि आएकी थिइन् ।
मानिसहरु पढ्न र परीक्षा दिन अल्छी गरिरहेका बेला सुनीताले भने विहेभन्दा पनि आफ्नो पढाई र परीक्षालाई निकै महत्व दिएकी छिन् । उनको यो कार्यको सामाजिक सञ्जाल र अन्य क्षेत्रमा निकै भाइरल बनेको छ । फ्यानहरुले उनको प्रशंसा गरेका छन् ।
समाचार अनुसार सुनीताको विहे २८ अप्रिल (विहीबार) भएको थियो । टुडे विहे भएकाले २९ अप्रिल (शुक्रबार) दुलाहाको घर जानु थियो भने उनको परीक्षा पनि त्यही दिन थियो । त्यो दिन उनी दुलाहाको जन्तीसहित पहिला कलेजको परीक्षा हल पुगिन् । यसक्रममा उनका पतिले पनि उनलाई साथ दिए र सुनीताको मनको कुरा थाहा पाएर जन्तीको गाडी घर लैजानुको सट्टा सिधै कलेज लगे । जब सम्म सुनीता परीक्षा दिइरहेकी तबसम्म उनका पति बाहिर विहेको जन्ती र बेहुलाको पहिरनमै पर्खिरहेका थिए ।- दैनिक नेपाल डट कम


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.