एजेन्सी । श्रीमान् र श्रीमती एक सिक्काका दुई पाटा हुन् । एकको विना अर्काको जिवन अपूर्ण जस्तै हुन्छ । यसबिच पनि महिला र पुरुषले एक अर्काका मनपर्ने कुराहरु हुन्छन् । जसमध्ये महिलाले यि गुणहरु भएका पुरुषलाई औधी रुचाउँछन् । हालै बेलायतमा गरिएको एक अध्ययनले पुरुषहरुका यि स्वभावका कारण उनीहरु महिलाको आर्कषणको केन्द्रविन्दु हुने गरेको निष्कर्ष निकालेको छ ।
सामाजिक स्वभाव राख्ने पुरुष
मानिस एउटा सामाजिक प्राणी भएको नाताले पनि महिलाहरुले सामाजिक स्वभाव राख्ने पुरुषलाई सबैभन्दा बढी रुचाउँछन् । पुरुषको यही गुणका कारण महिलाहरु बढी आर्कषित र संवेदनशिल समेत हुन्छन् । जसको कुरा गर्ने शेैली र मन समेत समेत भिन्न र सफा हुन्छ ।
सोच्न सक्ने क्षमता भएको पुरुष
सोच्न सक्ने क्षमता अर्थात सेंस अफ ह्यूमर भएको पुरषहरु पनि महिलाका आर्कषका केन्द्रविन्दु बन्न पुग्छन् । प्राय महिलाले चाहाने पुरुषहरु मध्ये आफैँले आफ्ना समस्याको निधान गर्न सक्ने फरक क्षमता भएका पुरुषहरुका कारण महिलाहरु छोटो भेटमा नै आर्कषणमा पर्छन् । महिलाहरुले यस्ता पुरुष आँफैमा पनि खुशी रहने र महिलालाई पनि खुशी दिन सक्ने भएकाले पहिलो रोचाईमा पर्न पुग्छन् ।
खाना बनाउने पुरुष
खाना बनाउने पुरुष पनि महिलाहरुको रोाजईमा पर्छन् । करिब ८० प्रतिशत महिलाले यस्ता पुरुषलाई रोजेको अध्ययनले देखाएको छ । आँफै खाना बनाउने पुरुष नबनाउने पुरुषको तुलनामा बढी ब्यबहारिक हुने गरेको अध्ययनमा सहभागी महिलाहरुले बताएका छन् ।
सहयोगी भावना सहयोगी भावना आम मानिसमा हुनुपर्ने मध्येको एक अनिवार्य गुण हो । जसमध्ये पुरुषमा यस्तो गुण धेरैमा हुन्छ । यस्तै पुरुषहरु महिलाको पहिलो रोजाई बन्न पुग्छन् । जुन पुरुषले आम मानिसलाई सहयोग र सम्मान गर्छ त्यस्ता पुरुषको खोजीमा हुनछन् महिलाहरु ।


0 comments
प्रतिक्रिया दिनुहोस्...