तिलोत्तमा (रुपन्देही), बुटवल र देवदह नगरपालिकामा दुई पुरुष मृत अवस्थामा आज फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–१२ वेश क्याम्प नजिकै सडक किनारमा आज नाम, थर, बतन नखुलेका एक पुरुष मृत फेला परेका छन् ।
यसैगरी देबदह–६ स्थित लोकेश्वर मन्दिर नजिकै जङ्गलमा लामो कपाल भएको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको मृत्युका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...