बलिउडका कलाकारमा आफ्नो शरिरको विभिन्न अंगको बिमा गराउनु सामान्य चलन बनिसकेको छ। बलिउडका नाम चलेका कयौं कलाकारले आफ्नो शरिरका अंगको बिमा गराएका छन्, त्यो पनि करौडौं रुपैयांको । आफ्नो दाँत, कम्मर, स्तन देखि आवाज अनि अनुहारको हाँसो सम्म बिमा गराइएका छन्। अझ खास कुरा त यो छ कि बिमा गराउने मा महिलाको साथ साथ पुरुष पनि सामेल छन्।
मल्लिक शेरावतको पुरै शरिर बिमा
बलिउड नायिका मल्लिका शेरावतले आफ्नो पुरै शरिरको बिमा ५० करोड भारुमा गराएकी छिन्। मल्लिकाले सन् २००९ मा घोषणा गरेकी थिइन कि भारत बाहिर रहेको एक जनरल इन्स्योरेन्स कम्पनीमा उनको पुरै शरिरको बिमा गर्न राजी भएको थियो।
जोन अब्राहमको कम्मरको बिमा
बलिउडका धूम स्टार जोन अब्राहमले आफ्नो कम्मरको बिमा गराएका छन्। उनको फिल्म ‘दोस्ताना’ रिलिज भएपश्चात उनले यो बिमा गराएका हुन। जोन अब्राहमले सन् २०१० मा १० करोड भारुमा यो इन्स्योरेन्स गराएका हुन। भारतमा यो भन्दा अघि शरिरको कुनै भागको बिमा गर्ने चलन थिएन। यसरी शरिरको कुनै एक भागको मात्र बिमा गराउने जोन पहिलो भारतीय पनि हुन। यस पश्चात कयौं नायिकाहरुले पनि आफ्नो शरिरको भागको बिमा गर्न सुरु गरेका थिए।
लता मंगेशकरको घाँटीको बिमा
स्वरकी धनी लता मंगेशकरले आफ्नो घाँटीको बिमा गराएकी छिन्। बिमा गराउने बखत उनले बिमा रकम भने खुलाइनन्। घाँटीमा खराबी आए भविष्यमा आर्थिक क्षती नहोस् भनि उनले बिमा गराएकी हुन।
सानिया मिर्जाको हातको बिमा
टेनिस स्टार सानिया मिर्जाले आफ्नो हातको बिमा गराएकी चिन्। भारतमा टेनिस खेलमा नाम चलेकी सानियाले कुन कम्पनी र कति रकममा बिमा गरेकि हुन खुलाइएको छैन।
नेहा धुपियाको कम्मरको बिमा
बलिउड नायिका नेहा धुपियाले आफ्नो कम्मरको बिमा गराएकी हुन। बलिउड अभिनेत्री जेनिफर लोपेजले २७ मिलियन डलरमा कम्मरको बिमा गरेको कम्पनीनै नेहाले पनि बिमा गरेकी हुन। बिमा रकम खुलाइएको छैन।
मिनिषा लाम्बा र राखी सावन्तको स्तन बिमा
नायिका मिनिषा लाम्बा र राखी सावन्तले आफ्नो स्तनको बिमा गराएका छन्। यी दुवैले कति रकममा बिमा गराएका हुन खुलाइएको छैन। एक कार्यक्रममा राखीले भनेकी थिइन, ‘मेरो शरिर मेरो रोजी-रोटी।’
- नेपाली हेडलाइन


0 comments
प्रतिक्रिया दिनुहोस्...