-->
गाडीको ठक्करबाट कोरियामा नेपालीको मृत्यु
Advertisement

२४ बैशाख, सोल ।
दक्षिण कोरियामा गाडिको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।
हिजो राति इन्छनको पुछनमा गाडिले ठक्कर दिएपछि नेपाल बौद्ध परिवारका अध्यक्ष समेत रहेका इश्वर गुरुङको मृत्यु भएको जानकारी एनआरएन कोरियाका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छिन् ।
ठक्कर दिने गाडि प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
मृतक गुरुङको शव अहिले पुछनस्थित अस्पतालमा रहेको बताइएको छ ।
घर जाने तयारीमा समेत रहेका गुरुङको दुर्घटनाका बारेमा बुझ्न अहिले कोरियाका लागि नेपाली दुतावासका श्रम सहचारी देवराज ढकाल सहितको टोली त्यस तर्फ जादै छन् ।
- Nepaliheadlines.com बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.