-->
लन्डनको मेयरमा पहिलो पटक मुस्लिम विजयी,पाकिस्तानी नागरिकको गृहनगरमा खुसियाली
Advertisement

इस्लामावाद, लन्डनको नयाँ नगरप्रमुख (मेयर) मा पहिलो मुस्लिम उम्मेदवार विजयी हुन सफल पाकिस्तानी मूलका नागरिक सादिक खानको विजयप्रति पाकिस्तानमा खुसियाली मनाइएको समाचार छ ।
बेलायतको राजधानी लन्डनमा उहाँ मुस्लिम समुदायको नागरिकका तर्फबाट पहिलो पटक निर्वाचित हुनुभएको हो ।
शनिबार पाकिस्तानी सहर इस्लामावादमा सादिकका पक्षमा नाराबाजी गरिएको छ । त्यस्तै सामाजिक सञ्जालमा पनि उहाँलाई बधाई ज्ञापन गरिएको छ ।
पाकिस्तानी नागरिक एकजन सवारी चालकका छोरा रहेका सादिकको परिवार नै सन् १९६० मा पाकिस्तानमा बसाईं सरेका थिए ।
उहाँको विजयपछि पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टोले आफ्नो ट्वीटर अकाउन्टमार्फत बधाई ज्ञापन गर्नुभएको छ ।
उहाँ बेलायतको लेबर पार्टीका तर्फबाट लन्डनको नगर प्रमुख पदमा विजयी हुनुभएको हो ।
पाकिस्तानबाट प्राप्त समाचारहरुका अनुसार राजधानी इस्लामावाददेखि विभिन्न सहरमा उहाँको विजयप्रति खुसियाली मनाइएको बताइएको छ । रासस÷सिन्ह्वा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.