-->
सरकार ढल्नै लाग्दा ओलीलाई लाग्यो अर्काे झट्का, सर्वाेच्चले रोक्यो पाठकको नियुक्ति
Advertisement

काठमाडौं, २२ वैशाख । सरकार छाड्ने एकीकृत नेकपा माओवादीको निर्णयले तनावमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्काे आपत आइलागेको छ ।
यो आपत सर्वाेच्च अदालतको फैसलापछि आएको हो । सर्वाेच्चको एकै निर्णयले ओली थप तनावमा पारेको छ । त्यो हो प्रहरीको अपराधी सूचीमा फरार रहेका दीपक पाठकलाई प्रेस काउन्सिलको सदस्य बनाउने निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिनु ।
प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री शेरधन राई र पार्टीका अन्य नेताहरुको असन्तुष्टिका बाबजुद पनि एकलौटी निर्णय गरेर पाठकलाई नेपाल प्रेस काउन्सिलको सदस्यमा मनोनित गरेरै छाडेका थिए ।
पाठकसँग ओली
प्रम ओलीसँग पाठक
निकै विवादीत छवि भएका पाठक प्रहरीको खोजी सूचीमा छन् । तर, प्रधानमन्त्री ओलीले दबाब दिएर उनलाई सदस्यमा नियुक्ति दिएका थिए । उनको नियुक्तिपछि निकै विवाद सृजना भएको थियो ।
यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनको नियुक्ति फाइल नियन्त्रण लिइसकेको छ । ओलीको ठाडो निर्देशन प्रेस काउन्सिलको सदस्य नियुक्त भएको दोस्रो दिनमै पाठकले आफ्नो नियुक्तिको विरोध गर्ने पत्रकारलाई देखाउने भन्दै धम्की पनि दिएका थिए ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.