१८ जना प्रतिष्पर्धी मध्ये टप टेन, टप फाइभ हुँदै एनी लामाले मिस पिंक २०१६ को मिस पिंक २०१६ को उपाधी जितेकी छन् । लामाले अब थाइल्याण्डमा हुने मिस पिंक इन्टरनेशनलमा सहभागिता जनाउने र विश्वका प्रतिस्पर्धी सँगै तालिममा सहभागि हुने अवसर प्राप्त गर्ने भएकी छिन् । समलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा नील हिरा समाज र क्रुज एड्स नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नीति निर्माता, सामाजिक अभियन्ता, सर्वसाधारण र सन्चारमाध्यमलाई यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगेको हिंसा र विभेदप्रति ध्यानाकर्षित गर्ने उद्धेश्यले विश्वव्यापी उत्सवका रुपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । अहिले विश्वका १ सय ३० भन्दा बढी देशमा दिवस मनाउने गरिएको छ ।
फष्ट रनर अपको उपाधी आकांक्षा तिमल्सिनाले जितेकी छिन्,त्यस्तै सेकेण्ड रनर अपको उपाधी पल्लवी शर्माले जितेकी छिन् । उपाधी बिजेता एनीले नगद ५० हजार नगद पुरस्कार पाइन । यस्तै फष्ट रनर अप आकाक्षालाई ४० हजार र सेकेण्ड रनर अप पल्लबीलाई नगद ३० हजार प्रदान गरियो ।
वेष्ट वाकमा रेगल विक, मिस व्युटीफुलमा निर्जा लामा, बेष्ट डे«समा इशा नेपाल, मिस कन्जिनालिटीमा मुस्कान केसी र बेष्ट पर्सनालिटीमा निलम पौडेल घोषित भएका छन् । उनीहरुलाई सबैलाई दश दश हजार नगद प्रदान गरिएको छ


0 comments
प्रतिक्रिया दिनुहोस्...