
Advertisement
|
गोरखाः सामुदायिक प्रहरी सेवा केन्द्रका सचिवसमेत रहेका रामहरि केसीको नेतृत्वमा बुधबार
बिहान आरुघाटबाट गोरखा सदरमुकाम आइरहेको बसमा अन्धाधुन्दा आक्रमण भयो ।
आफ्नो सिन्डिकेट तोडिने त्रासमा रहेको गोरखा यातायात व्यवसायी समितिको नेतृत्वमा
गोरखा नपा–फिनाममा ३२ यात्रुसहितको बसमा केसी नेतृत्वको समूहले धावा बोल्यो ।
यो
समितिका अध्यक्ष समेत रहेका केसी नेतृत्वको समूहले जथाभावी ढुंगामुढा बर्साउँदा एक ७०
वर्षीया वृद्धको मुखमा गम्भीर चोट लाग्यो
प्रशासनको आडमा आफ्नो सिन्डिकेट तोडेको भन्दै घरेलु हतियार खुकुरी, खुँडा र गलसहित आएका
समितिका पदाधिकारी र सदस्यहरुले गोरखा नपा–१५ फिनाममा ना५ख७२११ को यात्रु बसमा
धावा बोलेका थिए । केसी नेतृत्वको समूहले हानेको ढुंगाले मुखमा लागेर गम्भीर घाइते उनी
गोरखा अस्पतालमा उपचाररत छिन् ।
सरकारले समितिमार्फत बस चलाउने प्रावधान खारेज गर्दै प्रालिबाट चलाउने प्रावधान
ल्याएपछि गोरखामा आरुघात यातायात प्रालि दर्ता भएको थियो । आरुघाट यातायात
प्रालिको ३२ यात्रु बोकेर सदरमुकाम गइरहेको बसमा खुकुरी, खुँडा, गल र ढुंगासहित ज्याने
लिने खालको आक्रमणमा संलग्न केसीले स्थानीय पुलिसलाई उल्टै धम्क्याएका छन् ।
आरुघाटको बसको स्कर्टिङमा रहेका इलाका प्रहरी कार्यालय आरुघाटका इन्सपेक्टर रबिराज
थपलियालाई उनले २४ घन्टामा सरुवा गरेर देखाइदिने सार्वजनिक चुनौती नै दिन भ्याए ।
एमाओवादीका कार्यकर्तासमेत रहेका उनले गृहमन्त्रीको शक्ति देखाइदिने भन्दै इन्स्पेक्टर
थपलियालाई २४ घन्टाभित्र आरुघाटबाट झिटीगुन्टासहित सरुवा गरिदिने धम्की दिएका हुन् ।
सिन्डिकेट तोड्दै गुडाइएको आरुघाट प्रालिको बस तोडफोड गरि जलाउन नदिएको झोंकमा उनले
थपलियालाई आरुघाटबा सरुवा गरिदिने धम्की दिएका हुन्, ‘आरुघाटका इन्सपेक्टरलाई २४
घन्टाभित्र झिटीगुन्टासहित सरुवा गर्न सकिन भने म रामहरि होइन’, उनको भनाइ उधृत गर्दै
एक प्रत्यक्षदर्शीले भने, ‘हाम्रो समिति हुँदा हुँदै आरुघाटको गाडी गुड्न दिनेहरुलाई हामी
पनि छोड्दैनौं ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...