-->
नेपालमा शुक्रबार एकैदिन भूकम्पका दुई धक्का
Advertisement

काठमाडौं, १० वैशाख । नेपालमा शुक्रबार एकैदिन भूकम्पका दुई धक्का महसुस गरिएको छ । दोलखा र सिन्धुपाल्चोकमा भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज अपराह्न पुनः अर्को परकम्प गएको छ । दिउँसो ४ बजेर ४९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आजै बिहान १२ बजेर ४१ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भई ४ रिक्टर स्केलको परकम्प गएको थियो ।

गत वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केल वा त्यसभन्दा माथिका ४४९ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.