-->
गर्मी बढ्दैछ जोगिन यी ५ उपाय अपनाउनुस्
Advertisement

काठमाडौं । अहिले मुलुकभर गर्मी बढिरहेको छ । गर्मी बढेसँगै मानिसमा विभिन्न किसिमका रोग लाग्ने गर्छ । गर्मी महिनामा मानिसको शरीरमा पानीको मात्रा कमी, लू लाग्ने, चक्कर आउने, डर लाग्ने, बान्ता हुने, शरीरमा बिबिरा आउने जस्ता गर्मीजन्य रोग लाग्ने गरेको छ । यसर्थ गर्मी र गर्मीजन्य रोगबाट बच्न यी ५ उपाय अवलम्बन गर्नुहोस् ।
१. पानी तथा झोलयुक्त पदार्थको सेवन धेरै गर्नुहोस् । कम्तीमा दैनिक २ देखि ३ लिटर पानी पिउनुस् ।
२. बासी भोजन नगर्नुहोस्, खानामा प्याजको सेवन गर्नु फाइदाजनक हुन्छ ।
३. घरभित्र बस्दा तथा बाहिर निक्लिँदा हल्का तथा सुतीका कपडा लगाउनुस् ।
४. समय–समयमा सफा रुमालले अनुहार पुछिरहने ।
५. घामबाट जोगिन बाहिर निस्कँदा छाताको प्रयोग पनि गर्न सकिन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.