-->
५ सय कर्मचारी हटाउन अख्तियारको निर्देशन
Advertisement

पहुँच र प्रभावका भरमा राजनीतिक नियुक्ति पाएका करिब ५०० कर्मचारी बर्खास्त गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ। कारोबार दैनिकमा समाचार छ।
मापदण्ड र नियमविपरीत शक्तिकेन्द्रको सिफारिसमा विभिन्न मन्त्रालय, विभाग, संस्थान, परियोजना, स्वास्थ्य, इन्जिनियरिङ, बोर्ड, विश्वविद्यालय लगायतमा नियुक्ति पाएका कर्मचारी बर्खास्त गर्न अख्तियारले निर्देशन दिएको हो।
निर्देशन दिनुअघि प्रमुख आयुक्त लोकमानसिंह कार्कीको अध्यक्षतामा आयोगका पदाधिकारी, सचिव तथा सम्बन्धित महाशाखाका अधिकारी सम्मिलित विशेष बैठक बसेको थियो।
कारबाहीको सिफारिसमा पर्नेमा सत्तरुढ एमाले, एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका राजनीतिक दलका नेता कार्यकर्ता बढी छन्।
मन्त्रीका स्वकीय सचिव/सल्लाहकार, पशुपति क्षेत्र विकास कोक्ष,लुम्बिनी क्षेत्र विकास कोष,गुम्बा व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीलगायतलार्इ हटाउन अख्तियारले परिपत्र गरेको छ।
अख्तियारले ती कर्मचारी बर्खास्त गर्न निर्देशन दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलार्इ पत्र पठाएको अायोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.