२०७३ बैशाख १० शुक्रबार
टाइमको प्रभावशाली सय व्यक्तिमा मोदी अटेनन्
काठमाडौँः विश्वका चर्चित सय व्यक्तिमा यस वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नपरेपछि विश्वभर चर्चा सुरु भएको छ ।
नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको ६ महिना लामो नाकाबन्दीपछि अन्तराष्ट्रिय तहमै मोदीको आलोचना भएको थियो ।
धेरैले मोदी चर्चित व्यक्तिको लिस्टमा नपर्नुको प्रमुख कारण नेपालमा भारतले गरेको नाकाबन्दी भएको अनुमान गरेका छन् ।
भारतीय नाकाबन्दीपछि नेपाली युवाहरुले मोदीलाई विश्वका चर्चित सय व्यक्तिको सूचीमा पर्न नदिन अभियान नै गरेका थिए ।
नेपाली युवाले ‘नो भोट मोदी’ अभियान चलाएर मोदीलाई विश्वचर्चित व्यक्तिको लिस्टमा नअटाउन दबाब दिएका थिए ।
बिहिबारमात्र विश्वचर्चित प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनले सन् २०१६ को विश्वका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूची सार्वजनिक गर्दा त्यहा मोदी नपरेपछि नेपालमा भारतले गरेको नाकाबन्दीको चर्चा सुरु भएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...