-->
वली चढाँउँदै मागियो महादेवसँग पानी !
Advertisement

बैशाख १७
गुल्मी– गुल्मीको दिव्रुङ्ग गाविसका किसानले पानी नपरेपछि सामुहिक रुपमा बली चढाएका छन् । पाठा–पाठी वली चढाएर महादेवसँग पानीको मागेका छन् । यो किसानको मकै रोप्ने समय हो ।
दिव्रुङ्ग–७ र ८ का सयौं कृषक जम्मा भएर त्यस गाउँकोवीचमा रहेको अर्जेवा भन्ने स्थानको माईथानमा वली चढाउँदै महादेवसँग पानी मागेका हुन् । प्रायः हरेक गाउँमा त्यस्ता पूजा हुन थालेका छन् ।
उता सिङ्गो गाउँलाई पानी पुराएको हस्तीचौरको ठुलो पँधेरोमा समेत मुल सुकेर विहान देखि पानी भर्न आएका महिला साँझ ४ वजे सम्म थोपा–थोपा सिंचित गर्दै थिए ।
धारा छ पानी छैन्
हस्तीचौर–१ को तोरीखर्कमा समाज सेवी ईन्द्रबहादुर कुँवरले झार पलाउन लागेको धारा देखाउँदै भने ‘ल हेर्नुस् धारा छ, पानी छैन्, नआएको ठ्याक्कै डेढ महिना भयो ।’
उनका अनुसार त्यस टोलका ९ घरधुरीका लागि २०६७ सालमा झण्डै १२ लाखमा सम्पन्न गौंडा तोरीखर्क खानेपानी योजनाको मुल सुकेपछि त्यस टोलमा पानी हाँहकार भएको हो ।
अर्को पानीको मुल दर्ता गरेर गौंडा तोरीखर्क काम सुरु गर्न खोज्दा खेत धनीहरुले सिंचाई गर्न पानी पुग्दैन भनेर अवरोध सिर्जना गरेको कुँवरले बताए । उनको दुखेसो थियो– ‘कसैलाई पिउने पानी छैन कसैलाई भने खेतमा सिंचाई चाहिएको छ ।’
त्यस देखि तलको मल्दी गाउँ सम्मको अवस्था पनि उस्तै थियो । उनीहरु एक डेढ घण्टा कुर्दा पनि एक गाग्रो पानी भर्न नसकेको समस्या सुनाउँछन् । ती टोलका मानिसले एक डेढ घण्टा सम्म विभिन्न कुवा चाहर्दा पनि एक गाग्रो पानी भर्न मुस्किल परेको दुखेसो गरे ।
राहत वितरण झैं पानी वितरण
दलामचौर, दोहली र ईस्मारजस्थमा मुल सुकेपछि खानेपानीको हाँहकार भएको बुझियो । ती गाविसमा सरकारले वितरण गर्ने राहत सामग्री झैं विहानमा पानी वितरण गर्ने गरेको स्थानीयले बताए ।
दर्लामचौरका समाज सेवी नरेन्द्र कुँवर लगायतका स्थानियवासीले ति तिन वटा गाविका ट्याङकीमा जम्मा भएको पानी दिनमा प्रति घरधुरी तिन गाग्रोका दरले वितरण गर्ने गरेको बताए । ईस्मारजस्थल , छापाहिले अर्जै , अमरपुर सम्मको अवस्था उस्तै रहेको छ ।
पानी पर्न अझ केहि दिन ढिला भए कतिपय गाउँमा काकाकुलको अवस्था हुने समाजसेवीले चिन्ता गर्न थालेका छन् । उता क्षेत्र नम्वर ३ को दौंघामा पिउने पानी प्रति लिटर ३ रुपैयाँका दरले किनेर खाई रहेका छन् ।
चार घण्टा तल खोलाबाट ट्याक्टरले ट्याङकीमा पानी वोकेर माथी दौंघा गाउँमा पुराउँदा पानीको मुल्य प्रति लिटर ३ रुपैयाँ परेको र अव त्यही पनि नहुनेको हो कि भन्ने चिन्ता बढेको स्थानीयसी पुरन नेपालीले बताए


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.