-->
अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास रोके परमाणु परिक्षण रोक्ने उत्तर कोरियाको प्रस्ताव अमेरिकी राष्ट्रपतिद्धारा खारेज
Advertisement

अमेरिकी राष्ट्रपति बाराक ओबामाले परमाणु परीक्षण रोक्नका लागि उत्तर कोरियाले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबिच वार्षिक रुपमा हुने गरेको सैन्य अभ्यास रोके आफूले परमाणु परीक्षण रोक्ने प्रस्ताव गरेको थियो ।
अमेरिकी राष्ट्रपति ओबामाले उत्तर कोरियाको प्रस्ताव खारेज गरेका हुन् । ओबामाले यस्तो प्रस्तावमा गम्भीर रुपले नलिने बताए । उत्तर कोरियाले यो भन्दा बढी नै गर्नु पर्ने उनको भनाई छ । उत्तर कोरियाका विदेशमन्त्री रि सु–योङले एक अन्तर्वाताको क्रममा यस्तो प्रस्ताव गरेका थिए । अमेरिका र दक्षिण कोरियाले वार्षिक रुपमा गर्दै आएको संयुक्त सैन्य अभ्यासले कोरिया प्रयाद्विपमा तनाव बढाएको छ । उत्तर कोरियाले यो वर्षको सुरुदेखिनै मिसाइल परीक्षण तीब्र पारेको छ । शनिबार मात्रै उत्तर कोरियाले पानीजहाजबाट मार हान्न मिल्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघसहित पश्चिमा देशले यसको निन्दा गरेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.