-->
चटपटे खाँदै हुनुहुन्छ ? एसिडले ज्यान जाला !!
Advertisement

चटपटेको नाम सुन्दै तपार्इंको जिब्रो रसाउला । अमिलो, पिरो र नुनिलो स्वादको मिश्रण चटपटेका सौखिन अब होस गर्नुहोला ।
कागतिको अमिलो हालेपछि जिब्रो पड्काउँदै चटपटे खाँदै गरेका धेरै युवायुवती देख्न पाइन्छ । तर, त्यही जिब्रो रसाउने चटपटे खाँदा ज्यानै जान सक्ने तथ्य पत्ता लागेको छ ।
चटपटे पसलले कागतिको अमिलको सट्टा हाल्ने एसिडयुक्त अमिलोले मानव स्वास्थ्य जोखिममा परेको हो ।
कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटे खान बालबालिकादेखि युवायुवतीको समेत लर्को लाग्छ । तर त्यही चटपटे तपार्इं हाम्रो स्वास्थ्यको शत्रु बनिरहेको पाइएको छ ।
भेनेगरको अमिलोका कारण आन्द्रामा घाउ हुन थालेपछि यसको असरबारे सर्वत्र चर्चा हुन थालेको छ । चिकित्सकको एक अध्ययनले चटपटेमा भेनेगर (एसिड) अमिलो हालेर खाँदाण आन्द्रामा विभिन्न घाउ हुन थालेको स्वास्थ्यकर्मीले पत्ता लगाएका छन् ।
जथाभावी खुलेका चटपटे पसलमा नछोपी राखेको खानेकुरा र भेनेगरको अमिलोले स्वास्थ्यमा गम्भीर असर पुर्याउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामले निगरानी बढाउन थालेको छ ।
आइतबार इलामका सहायक प्रजिअ सुजन फागोको नेतृत्वमा ट्याक्सी स्टेन्ड, बसपार्क, टुंडिखेल, थेबेचोक, धोवीधारा, जिरोकिलोमिटर र नारायणस्थानलगायतका तीन दर्जन चटपटे पसलमा गरिएको अनुगमनका क्रममा स्वास्थ्यमा असर गर्ने भेनेगर अमिलो प्रयोग हालेको भेटिएको थियो ।
अनुगमनका क्रममा भेटिएका चटपटे पसलमा प्रयोग गरिरहेका भेनेगरलाई तत्काल सोही ठाउँमा नष्ट गरिएको छ । पसलमा राखिएका भेनेगरलाई तत्काल हटाउन पनि सहायक प्रजिअ फागोले निर्देशन दिए ।
अनुगमन टोलीले पहिलो पटक चटपटे पसलको अनुगमन गरेकाले सचेत गराइएको जनाएको छ ।
दोस्रोपटक अनुगमन गर्दा भेटिएमा एक लाखसम्म जरिवाना र सार्वजनिक ऐनअन्तर्गत मुद्दा दर्ता हुने प्रशासनका नायब सुब्बा रामप्रसाद उप्रेतीले बताए । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.