-->
यसरी भयो सबैभन्दा महँगो पार्टी एमाले
Advertisement

काठमाडौं, १८ वैशाख । कांग्रेससँग सात करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको केन्द्रीय कार्यालय सचिव प्रेम केसीले बताएका छन् । क्रियाशील सदस्यताको शुल्क र सांसदबाट यो रकम उठेको उनी बताउँछन् ।
कांग्रेसले प्रतिसंसाद पाँच हजार लेबी लिन्छ । कांग्रेसका दुई सय ६ सांसद छन् । पाँच लाख क्रियाशील सदस्यताबाट लिने शुल्क पनि कांग्रेसको आम्दानीको स्रोत हो ।
नयाँ सदस्यबाट दुई सय र पुरानो नवीकरणबाट सय रुपैयाँ शुल्क कांग्रेसले लिँदै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
१२औँ महाधिवेशनसम्म तीन लाख १७ हजार सदस्य रहेकोमा यसपटक करिब पाँच लाख क्रियाशील सदस्य पुगेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय ०६३ देखि ललितपुरको सानेपामा रहेको आफ्नै भवनबाट सञ्चालित छ । ६ रोपनी जग्गामध्ये दुई रोपनीमा ४२ कोठाको चारतले भवन छ ।
०६१ मा थालिएको भवन निर्माणको काम अझै नसिकएको कार्यालय सचिव प्रेम केसीले जानकारी दिए ।
काठमाडौंको रविभवनमा कांग्रेसको नाममा २४ आना जग्गा र दुईतले भवन छ । त्यो जग्गा १५ वर्षअघि चितवनकी पूर्वसांसद मैयादेवी श्रेष्ठले कांग्रेसलाई दान दिएकी थिइन् ।
सरकारको नेतृत्वमा रहेको एमालेसँग दुई अर्ब रुपैयाँबराबरको अचल सम्पत्ति छ । चलनचल्तीको मूल्यअनुसार एमालेको केन्द्रदेखि, अञ्चल, जिल्ला, नगर, क्षेत्र र गाउँ कमिटीसम्मको नाममा एक अर्ब ६३ लाखभन्दा बढीको जग्गा र भवन छ ।
फर्निचर, कम्प्युटरलगायतका सामग्रीको समेत मूल्य जोड्दा दुई अर्बभन्दा बढी सम्पत्तिको लगत संकलन भएको एमालेले जनाएको छ । सबै सम्पत्ति जनसहयोगबाटै जोडिएको एमालेको दाबी छ ।
एमाओवादीसँग आफ्नै पार्टीको देशव्यापी चल–अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन ।
केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक–पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख आयुक्त तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय (निर्मलकुमार)ले जानकारी दिए ।
एमाओवादी केन्द्रीय कार्यालयले आफ्नै कार्यालयभित्रकै चल–अचल सम्पत्तिको विवरणसमेत राख्न सकेको छैन ।
हालसालै भने एमाओवादीले त्यस्तो विवरण राख्न सुरु गरेको छ । ‘हामीसँग पार्टी केन्द्रीय कार्यालयभित्रकै फर्निचर, कम्युटरलगायतका सामग्रीको कोडिट रिपोर्ट थिएन, त्यसको सुरुवात अहिले गर्न थालेका छौँ’, उपाध्यायले भने


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.