
Advertisement
|
कठमाडौं । आज हाम्रो जीवन सहज रुपमा चलिरहनुको एउटा मूख्य कारण हो- गणितका कयौं सुत्र (फरमुला) । गणितका फरमुलाहरुको प्रयोग हामी आफ्नो वित्तीय योजनाहरुमा पनि गर्न सक्छौं ।
सबैको फाइनान्सियल बिहेबियर (वित्तीय संस्कार) एकै खालको हुँदैन । प्रत्येक ब्यक्तीले आफ्नै हिसावले आम्दानी, खर्च र लगानीको रणनीति बनाएको हुन्छ । जीवनमा बढी प्रयोग हुने चार फरमुलाका बारेमा हामी तपाईलाई बताउँछौं ।
१. इनकम (आम्दानी)-सेभिङ (बचत)= एक्सपेन्सेज (खर्च) अर्थात I-S=E
यो फरमुला अन्तर्गत त्यस्ता व्यक्ती पर्छन्, जो बचत गर्ने पैसालाई पहिले नै छुट्याएर राख्छन् र बाँकी खर्च गर्छन् । बचतका लागि छुट्याएको पैसालाई उसले कि त बैंकमा राख्छ कि लगानीका रुपमा प्रयोग गर्छ ।
२. इनकम-एक्सपेन्सेज= सेबिङ अर्थात I-E=S
यो फरमुलाभित्र ती मान्छे पर्छन्, पहिले आम्दानी होस् अनि मनलाग्दो खर्च र खर्च गर्दा बचेछ भने त्यो रकम बचत गर्ने । यस्ता ब्यक्तीहरुसँग अन्तिममा बचतै भएछ भने पनि एकदमै कम रकम मात्र रहन्छ ।
३. इनकम+लोन= एक्सपेन्सेज अर्थात I+L=E
यो फरमुलामा धेरै जना विश्वास गर्छन् । कारण वाध्यता पनि हुन सक्छ । आम्दानी कम भएका बेला यो फरमुलाको प्रयोग वढी हुन्छ । यो फरमुला अनुसार आफूसँग भएको आम्दानी खर्च गर्ने, त्यसपछि कर्जा लिएर फेरि खर्च गर्ने व्यक्ती पर्छन ।
४. इनकम-लगानी=खर्च अर्थात I-I=E
यो फरमुला अपनाउन गाह्रो छ तर यसले तपाईको जीवनलाई भने व्यवस्थित र समृद्ध बनाउँछ । यो फरमुला अनुसार कुल आम्दानीबाट केही रकम लगानी गरिहाल्नु पर्छ । बाँकी रकम मात्र आफ्ना आवश्यकता पुरा गर्न खर्च गर्नु पर्छ भन्ने यो फरमुलाले सिकाउँछ । तत्काललाई केही गाह्रो भए पनि भविस्यमा भने यसले तपाईलाई धनी बनाउँछ ।
अब एकछिन फरमुलाबाट वाहिर आउनुहोस् । पैसा जम्मा गर्ने वा खर्च गर्ने कुरा तपाईको आदतमा पनि भर पर्छ । तपाईले आफ्नो आदतलाई वदल्न सक्नु हुन्छ । तपाईलाई लाग्छ साँच्चै पैसा त अलिअलि जोगाउनु पर्छ र भोली धनी हुनु पर्छ, त्यसो भए त के गाह्रो भो र यि ६ वटा आदत बसाल्न ।
१. योजना २. बजेट ३. अनुभव ४. आम्दानी ५. बचत र ६. लगानी । पैसा जोगाउनु छ भने फाइनान्सियल डिसिप्लेनमा त बस्नै पर्छ । फरमुला घोकेर मात्र हुँदैन । माथिका फरमुला र आदतका टिप्सले तपाईलाई पैसा जोगाएर लगानी गर्न भने पक्कै सिकाउने छ ।
र यो पनि
खर्च नियन्त्रण गर्नुस्
फाइनान्सियल डिसिप्लेसन मेन्टेन गर्नुस्
खर्चहरु केमा कति हुन्छ भनेर रेकर्ड राख्नुस्
क्रेडिट कार्डको लिमिट घटाउनुहोस् । घटाएपछि पनि पुरै लिमिट खर्च नगर्नुहोस्
एकभन्दा वढी आम्दानीका स्रोत तयार पार्नुस्
लगानी सुझवुझपूर्ण गर्नुस्
अल्पकालिन र दीर्घकालिन दुबै क्षेत्रमा लगानी गर्नुहोस्
सेयर, जग्गा, बैंक निक्षेपमा मिलाएर पोर्टफोलियो बनाउनुहोस्


0 comments
प्रतिक्रिया दिनुहोस्...