-->
स्तन क्यान्सरको सङ्केत कस्तो हुन्छ? एक महिलाले आफ्नो स्तनको फोटो सेयर गर्दै भनिन्….
Advertisement

स्तन क्यान्सरको सङ्केत कस्तो हुन्छ भनेर देखाउन एक महिलाले आफ्नो स्तनको फोटो सेयर गरिन्
एक अष्ट्रेलियन महिलाले विश्वभरिका महिलाहरूलाई स्तन क्यान्सरको सूक्ष्म लक्षणको बारेमा सावधान गराउनका लागि आफ्नो स्तनको तस्विर खिचेर अनलाइनमा सेयर गरेकी छिन्।
मेलबर्न अष्ट्रेलियाकी ‘काइली आर्मस्ट्रङ्ग’ले फेसबुकका साथीहरूलाई आफ्नो फेसबुक पोस्ट सेयर गरिदिन आग्रह गरेकी छिन्, ताकि सबै महिलाहरू यो रोगबाट सचेत होस्।
तस्विरमा उनको बायाँ स्तनको तलपट्टि ३ वटा साना डिम्पलहरू देख्न सकिन्छ, जुन स्तन क्यान्सरको एउटा सूक्ष्म सङ्केत हो।
स्तनको भित्री मांशपेसीमा क्यान्सर भएको कारणले गर्दा काइली र उनका चिकित्सक दुवैले क्यान्सरको गिर्खा फेला पार्न सकेका थिएनन्।
काइली आर्मस्ट्रङ्गले तस्विरसँगै यस्तो लेखेकी थिइन्, “कृपया यो फोटोलाई राम्ररी हेर्नुहोला। यो अति नै सूक्ष्म ३ वटा डिम्पल नै स्तन क्यान्सरको सङ्केत हो। र स्तन क्यान्सर हुँदा यस्तो देखिन्छ, राम्री हेर्नुहोला”
उनको अन्य महिलाहरूको लागि एउटै सन्देश भनेको, “मैले यो सेयर गरेँ, किनकी स्तन क्यान्सर हुँदा ठूलो गिर्खा नै देखा पर्छ भन्ने होइन, यो कुरा म सबैलाई बुझाउन चाहन्छु। त्यसैले यदि कसैले आफ्नो स्तनमा कुनै पनि किसिमको परिवर्तन देख्नुभयो भने तुरुन्तै चिकित्सकको परामर्श लिनुहोला।”


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.