-->
कुन भिटामिनले के काम गर्छ ?
Advertisement

यसलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ । यिनीहरू ज्यादै थोरै मात्रामा भए पनि पुग्ने तर नभई नहुने हुन्छन् । भिटामिन ‘ए’
– स्वस्थ आँखाका लागि
– छालाको हेरचाहका लागि
– शारीरिक बृद्धि विकासका लागि
– अन्य रोगको आक्रमणबाट बचाउन ।
भिटामिन ‘डी’
– शरीरको हड्डी बलियो पार्न
– रिकेट्स र ओस्टिओमालासिया जस्ता हड्डी सम्बन्धी रोगबाट बचाउन
– क्याल्सियम जस्ता खनिज तत्व सोस्न ।
भिटामिन ‘ई’
– शरीरभित्रको अत्यावश्यक चिल्लोहरू बचाएर राख्न
– रातो रक्त कोष बनाउन
– भिटामिन ‘ए’, क्यारोटिनजस्ता तत्वहरू बचाइ राख्न
– कोष÷कोषिकाहरू नष्ट हुन नदिन ।
भिटामिन ‘के’
– शरीरमा चोट लाग्दा अधिक रगत बग्नबाट रोकथामका लागि
– घाउ–चोट निको पार्न
– हड्डी बनाउन ।
भिटामिन ‘बी’
– कमजोरी र थकान कम गर्न
– रुचि बढाउन
– बेरी–बेरी हुन नदिन
– झाडा–पखला र पेलाग्रा हुन नदिन
– स्मरण शक्ति कायम राख्न ।
भिटामिन ‘सी’
– गिजा सम्बन्धी रोग हुन नदिन
– छालाभित्र रगतका कोषिका फुट्न नदिन
– रक्त अल्पताको कमी गर्न
– विभिन्न रोगको प्रतिरोध गर्न
– लामो समयसम्म निरोगी राख्न । स्वास्थ्य खबर बाट ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.