-->
यसकारण ११ वर्षीया बालिकाले जिब्रो काटेर शिवलिङ्गमा चढाइन्
Advertisement

एजेन्सी: भारतको छत्तिसगढस्थित रायगढ जिल्लामा एक बालिकाले आफ्नो जिब्रो काटेर शिवलिङ्गमा चढाएकी छन् ।

धार्मिक आस्था र अन्धविश्वासका कारण ११ वर्षीया एक आदिवासी बालिकाले आफ्नो जिब्रो काटेर शिव लिङ्गमा चढाएकी हुन् ।


रायगढ जिल्ला अनुविभागीय दन्डाधिकारी प्रकाश सर्वेले बुधबार बताए अनुसार जिल्ला मुख्यालयसँगै जोडिएको सागीतराई गाउँमा चमेली सिदार नामकी बालिकाले धार्मिक आस्था र अन्धविश्वासका कारण भगवान शिवलाई खुशी बनाउन आफ्नो जिब्रो काटेर शिवलिङ्गमा चढाइदिएकी हुन् ।

मामिला धार्मिक आस्थासँग जोडिएका कारण स्थानीय गाउँलेले बालिकालाई उपचारका लागि अस्पताल लैजान पनि मानेनन् । जिल्ला प्रशासनले बालिकाको उपचारका लागि उनको गाउँमै चिकित्सकको एक टोली पठाएको छ।

अधिकारीका अनुसार रायगढ जिल्ला मुख्यालयबा लगभग तीन किलोमिटर टाढाको सागीतराई गाउँ निवासी चमेली भगवान शिवकी भक्त हुन् ।
पछिल्लो पाँच दिनदेदि उनी शिवको मन्दिरमा बस्दै आएकी थिइन् । त्यही मौकामा उनले आफ्नो जिब्रो काटेर शिवलिङ्गमा चढाइदिइन् ।

यस क्रममा चमेली बेहोस भएकी थिइन् । समाचार अनुसार चमेली मन्दिरमा बसेपछि अन्य भक्तजन पनि मन्दिरमा ओइरिएका थिए ।
गाउँबासीका अनुसार यस शिव मन्दिरमा यसअघि पनि तीनजना युवतीले आफ्नो जिब्रो काटेर शिवलिङ्गमा चढाइसकेका छन् ।

यसअघि जिब्रो काटेर चढाएका युवतीहरु पनि उपचारबिनै निको भएका कारण दैवी चमात्कार भन्दै जिब्रो काटेर चढाउने क्रम बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.