-->
फिल्म फ्लप हुने डरले निर्माता झुन्डिए
Advertisement

एजेन्सी: आफूबाट निर्मित फिल्म फ्लप हुने डरले एक बलिउड फिल्म निर्माताले झुन्डिएर आत्महत्या गरेका छन् ।
भारती राज्य केरलमा मलयालम फिल्म निर्माता अजय कृष्णनले आफ्नो घरमार पासो लगाएर ज्यान दिएका हुन् ।

ऋण डुबेका २९ वर्षीय अजय आफ्नो आउन लागेको फिल्मलाई लिएर धेरै तनावमा थिए । केही समीक्षकले फिल्मलाई खराब भनिदिएपछि फ्लप हुने डरले उनी झुन्डिएका हुन् ।
फिल्ममा लगाएको पैसा डुब्ने डरले अजयले आफूलाई पासो लगाएर झुन्ड्याएका हुन् ।

डेक्कन हेराल्डको समाचार अनुसार आइतबार अजय कृष्णनले आफ्नो घरमा पासो लगाएका हुन् । समाचार अनुसार आप्नो आर्थिक स्थितिलाई लिएर उनी धेरै तनावमा थिए ।

उनले मलयालम फिल्म 'अवारडु रवाकुल' मा चार करोड रुपैयाँ लगानी गरेका थिए ।
कम्जोर आर्थिक हालतबाट गुज्रिरहेका अजयलाई यस फिल्मबाट धेरै आशा थियो । फिल्मको खराब समीक्षापछि उनले आफ्नो फिल्म रिलिज हुनुअघि नै आफ्नो जीवन समाप्त गरेका हुन् ।

अजयको कम्जोर आर्थिक अवस्था नै आत्महत्याको कारण मानिएको छ ।अजय आमाबाबुका अनुसार ऋणमा परेपछि उनी लामो समयदेखि तनावमा थिए ।
अजय कृष्णनको शवलाई कोल्लम जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ । अजयले मलयालम टीभी च्यानलमा केही कार्यक्रममा पनि अभिनय गरेका थिए ।अन्नपूर्ण पोस्ट  बात


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.